शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एथलेटिकोका प्रशिक्षक सिमोनीमाथि प्रतिबन्ध लाग्नसक्ने खतरा

सोमबार, १३ वैशाख २०७३, १६ : १९
सोमबार, १३ वैशाख २०७३

म्याड्रिड – स्पेनिस ला लिगाको उपाधि होड निकै रोमाञ्चक अवस्थामा पुगेको छ । उपाधि होडमा बार्सीलोना र एथलेटिको म्याड्रिड समान अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने एक अंक कम पाएको रियाल म्याडिड तेस्रो स्थानमा छ । तर यति नै बेला एथलेटिकोले प्रशिक्षक डिएगो सिमोनीलाई गुमाउने संभावना बढेको छ । उनीमाथि तीन म्याचको प्रतिबन्ध लाग्ने भएको हो । रेफ्री एन्टोनियो मिगुइल माटेउ लाहोजले यसअघि उनलाई मालागाबिरुद्धको खेलमा मैदानबाट निकालेका थिए । ४५ वर्षका सिमोनीले विपक्षी खेलाडीलाई गोल गर्नबाट रोक्न बल ब्वाईलाई बल फाल्न लगाएका कारण उनलाई मैदान बाहिर निकालिएको थियो । खेलपछि सिमोनीले बल मैदानभित्र पुगेको स्विकारे पनि त्यसलाई मैदानमा पठाउने आफ्नो भूमिका नरहेको बताउका थिए । उनले यस खेलको भिडियो हेर्दा सबै प्रस्ट हुने बताएका थिए ।

उनले आफूसँगै रहेको बालकले मैदानमा बल फालेपनि त्यसमा आफ्नो भूमिका नरहेको बताए । यद्यपि उनीमाथि छानबिन भइरहेका कारण तीन खेलको प्रतिबन्ध पनि लाग्न सक्नेछ । ला लिगा अन्त्यतिर पुगेका बेला आफ्ना स्टार प्रशिक्षकमाथि लाग्ने प्रतिबन्धले भने एथलेटिकोको मनोबल कम गर्न सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप