अख्तियारको प्रश्नः पत्रकार भन्दैमा कनकमणिमाथि छानबिन गर्नै नपाइने ?
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ती आर्जन गरेको अभियोगमा कनकमणि दीक्षितलाई पक्राउ गरेपछि केही सञ्चार माध्यम तथा संघ संगठनले अख्तियारबारे गरेको नकारात्मक टिप्प्णीप्रति दुःख व्यक्त गरेको छ । अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले आज एक विज्ञप्ति जारी गर्दै दीक्षित पक्राउको विषयलाई बढाई चढाई गरिएको भन्दै आपत्ति जनाएका छन् । विज्ञप्तीमा कनकमणिलाई पत्रकारको हैसियतामा भन्दा पनि साझा यातायातको अध्यक्षको हैसियतमा पक्राउ गरिएको भन्दै सार्वजनिक पदमा बसेर गरेको अनियमितताबारे आयोगले छानबिन गरेको स्पष्ट पारिएको छ । विज्ञप्तिमा पदको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने जो कोहिलाई आयोगले बाँकी नराख्ने र दीक्षित पत्रकार नै भएपनि कानुनमाथि हुन नसक्ने उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ – पत्रकार कानुनभन्दा माथि हुँदैन । मिडियालाई राज्यको चौथो अंगको रुपमा लिइन्छ । तर, संवैधानिक निकायले पत्रकार भएकै कारणले एउटा भ्रष्टाचारको आरोप लागेकामाथि व्यक्तिमाथि छानविन गर्न नपाउने ?’ विज्ञप्तीमार्फत् सम्भ्रान्त वर्गका केहि पात्रहरुले विगतका राजनीतिक क्रान्तिमा सहभागि भएको भन्दै आफूलाई ठूलो स्वतन्त्रता सेनानीको रुपमा प्रस्तुत गरेर राज्य स्रोतको दोहन गरिरहेको समेत आरोप लगाइएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ–उनीहरु अरुलाई सुझाव दिन पनि पछि पर्दैनन्, आफैं भने कर्तव्य पूरा गर्दैनन् । कर छल्छन् ।’ विज्ञप्तिमा कनकमणि प्रकरणमा केहि सञ्चारमाध्यमले अव्यहारिक र अव्यवसायिक चरित्र देखाएको पनि बताएको छ । आयोगले दिक्षितलाई उपचारको सुविधा दिएको भन्दै आफूहरु मानवअधिकारप्रति पूर्ण प्रतिबद्ध रहेको समेत उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण