शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

उपाधिका लागि युभेन्टस् १ जीत टाढा

सोमबार, १३ वैशाख २०७३, १६ : ३९
सोमबार, १३ वैशाख २०७३

रोम – लगातार पाँचौ पटक इटालियन सिरि ए जित्ने अभियानमा लागेको यूभेन्टस् अब उपाधी उचाल्नका लागि केवल एक जीतबाट टाढा छ । युभेन्टस्ले फियोरेन्टिनाबिरुद्ध नाटकिय जीत निकाल्दै दोस्रो स्थानमा रहेको नापोलीसँगको अग्रतालाई १२ अंकले फराकिलो पारेको हो । यद्यपी नेपोलीले एक खेल कम खेलेको छ । युभेन्टस्ले अब बाँकी ३ खेलमध्ये एक खेलमात्रै जिते उपाधि आफ्नो नाममा गर्नेछ । नेपोलीले एएस रोमाबिरुद्ध सोमबार हुने खेल जित्न नसके युभेन्टसस्वतः च्याम्पियन हुनेछ । मारियो मान्डज्युकिकले खेलको ३९ औँ मिनेटमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको अन्त्यतिर अर्थात ८१ औँ मिनेटमा कालिनिकले गोल गर्दै फियोरेन्टिनालाई बराबरीको स्थितीमा ल्याए ।

त्यसको दुई मिनेटपछि अल्भारो मोराटाले गोल गर्दै युभेन्टस्लाई दुई एकको अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा फियोरेन्टिनाले पेनाल्टी प्रहारको अवसर पाएको थियो । तर बराबरी गोल फर्काउदै कालिनिक पेनाल्टीमा चुके । उनको प्रहारलाई गियानलुईगी बुफोनले बचाए । त्यसपछि रिबाउन्डमा ब्रेनारडेस्चीले गरेको प्रहार गोलपोस्टमा ठोक्कियो । लगत्तै फियोरेन्टिनाले गरेको अर्को प्रहार पनि गोलपोस्टमा ठोक्किदा युभेन्टस्ले खेल जित्यो । युभेन्टस्ले पछिल्ला २५ लिग खेलमध्ये २४ खेल जितेको छ ।

खेलपछि युभेन्टस्का प्रशिक्षक एलिग्रीको प्रतिक्रिया थियो : सबैले हामीले लिग जित्न सक्दैनौ भनेका थिए । तर हामीले पछिल्ला २५ खेलमध्ये २४ खेल जित्यौ । त्यसैले अब हामी लिगको हकदार हौँ र यो लिग निकै संझनलायक रह्यो । अब हामी नेपोली र रोमाको खेल हेर्नेछैनौ । बरु कार्पि विरुद्ध हुने अर्को खेलका लागि तयारी गर्नेछौ र नतिजा सुन्नेछौ । रोमा र नापोलीबीचको खेल बराबरी भएमा वा रोमाले जितेमा युभेन्टस् स्वत लिग च्याम्पियन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप