शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रातोपाटी प्रभावः ९ वर्षदेखि लेबनानमा अलपत्र चेलीलाई नेपाल फर्काउन पहल सुरु

सोमबार, १३ वैशाख २०७३, १६ : ३५
सोमबार, १३ वैशाख २०७३

इटहरी – ९ वर्षदेखि लेबनानमा अलपत्र परेकी इटहरीकी चेली पद्मा प्रधानलाई नेपाल फर्काउन पहल थालिएको छ । छोरीको फोटो हेरेर बितेको ९ वर्ष शीर्षकमा रातोपाटीबाट समाचार प्रकाशित भएपछि प्रशासनले उनलाई नेपाल फर्काउन पहल थालेको हो । इलाका प्रहरी कार्यालयले पद्मालाई लेबनान पठाउने इटहरीका एजेन्ट अर्के राईलाई समेत पक्राउ गरेको छ । राईलाई इटहरीबाट पक्राउ गरेसगंै पदमालाई नेपाल झिकाउन पहल थालेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले बताए । राईले इटहरीमा गैरकानुनि तबरबाट शाखा खोली बिदेश जानेहरुमाथि गरेको अत्याचारको बिषयमा पनि छानबिन हुने बताइएको छ । राईले इटहरी ५ बस्ने २८ बर्षिय पदमालाई ९ बर्ष अघि ५५ हजारमा लेबनान पठाएका थिए । तर पठाएको तिन महिना सम्म मात्र घरको सम्पर्क भएकी पदमा एकाएक सम्पर्क बिहिन बनेकी थिइन । पछि लुकेर फोनमा आफुलाई नेपाल झिकाउन परिवार समक्ष बिलौना गरेकी थिइन् ।

आमा तिलमायाले सोमबार इलाका प्रहरी कार्यालय इटहरीमा पुगी छोरीको अबस्थाको बारेमा जानकारी गराउदै नेपाल झिकाउन पहल गरिदिन निवेदन दिएकी छिन् । एडभान्स रिक्रुमेन्ट सर्भिस प्रा.लि काठमाडौबाट पदमा लेबनान गएकी हुन । तर सबै समस्या मेनपावरलाई धेरै पटक जानकारी गराएपनि नेपाल झिकाउन प्रा.लिले चासो दिएको थिएन । लेबनानमा मुसलमानको घरमा बालबच्चा हेर्न भनि मासिक २० हजार पारिश्रमिक दिने सम्झौता इटहरीको अर्के राई मार्फत पदमा लेबनान पुगेकी थिइन । यता इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राजन कार्कीले राईलाई पक्राउ गरि सोमबार नै श्रम बिभाग काठमाठडौमा पठाइएको बताए । श्रम बिभागमा एडभान्स रिक्रुमेन्ट सर्भिस प्रा.लिले तत्काल पदमालाई नेपाल झिकाउन पहल थाल्ने कार्कीले जानकारी दिए । साथै मेनपावर र एजेण्ट राईलाई श्रम सम्बन्धि नियम अनुसार कारबार्हि गर्ने पनि प्रहरी निरीक्षक कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप