शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘एक्सलेन्ट इन सर्भिस’ अवार्ड प्याकुरेललाई प्रदान

सोमबार, १३ वैशाख २०७३, १६ : ३९
सोमबार, १३ वैशाख २०७३

 भारतको लखनउ अप्रिल २१ देखि २४ सम्म आयोजना भएको युथ फर ह्युमन राइट्सको चौथो दक्षिण एशिया सम्मेलन साथ सम्पन्न भएको छ ।

युथ फर ह्युमन राइट्स इन्टरनेशनलको आयोजनामा उक्त समारोह सम्पन्न भएको हो । नेपाल, भारत, अफगानिस्थान लगायतका ५० भन्दा बढी युवाहरुले उक्त सम्मेलनमा सहभागिता जनाएका थिए । सो सम्मेलनमा युथ फर ह्युमन राइट्सका नेपाल संयोजक गुणराज प्याकुरेलको नेपालको प्रतिनिधित्व गरेका थिए । समारोहमा राहुल केसी, रोशनी गौतम, प्रविण गिरी लगायत १२ जना भाग लिन युवा मानव अधिकारकर्मीहरु लखनउ पुगेका थिए । सोही सम्मेलनमा नेपालका संयोजक प्याकुरेललाई नेपालमा गएको भुकम्पको राहतमा युवा परिचालन गरी उल्लेखनीय भुमिका निभाएको साथै भारतको चेन्नईमा गत वर्ष आएको बाढीको कारण घरवारविहिन जनतालाई राहत पु¥याई योगदान गरी संस्थाको प्रचार प्रसारमा महत्वपूर्ण कार्य गरे वापत ‘एक्सलेन्ट इन सर्भिस’ अवार्डद्धारा सम्मानित गरिएको थियो । प्याकुरेलले २०१३ र २०१५ गरी दुई पटक हिरो अवार्ड प्राप्त गरिसकेका छन् । त्यसैगरी नेपालका राहुल केसीले मानव अधिकार दिवस डिसेम्बर १० का दिन युवाहरुमा मानव अधिकारको बारेमा प्रचार प्रसार गरी वृहत् ¥याली आयोजना गरे वापत हिरो अवार्डबाट सम्मानित भए ।

युथ फर ह्युमन राइट्स् एक अन्र्तराष्ट्रिय गैर सरकारी संस्था हो । युवाहरुमा मानव अधिकार सम्बन्धि विविध चेतनामूलक कार्यक्रम गर्दै मानव सेवामा समर्पित यो संस्था नेपालको विभिन्न क्षेत्रमा कार्यरत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप