शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेसमा अराजकता मौलायोः शेखर कोइराला

सोमबार, १३ वैशाख २०७३, १६ : ४४
सोमबार, १३ वैशाख २०७३

पोखरा –नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले पार्टीलाई चुस्त वनाउन भातृसंस्थाको निर्वाचन अनिवार्य भएको वताएका छन् । नेपाली कांग्रेस पोखरा वडा नं ३ द्धारा सोमवार पोखरामा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् । कांग्रेसका भातृ संस्थाको चुनाव समयमा गर्न नसक्दा पार्टी भित्र अराजकता मौलाएको उनले वताएका छन् । उनले नेपाली कांग्रेसको १२ औं महाधिवेशनले पार्टीलाई एक ढिक्का वनाउने भन्दापनि झन गुट उपगुटमा विभाजन गरेको वताए । भातृसंस्था नेविसंघ, नेपाल महिला संघ, तरुणदल लगायतका दर्जनौ भातृ संस्थाको समयमा निर्वाचन नहुँदा गुट उपगुट मौलाएको र त्यसले पार्टीलाई ठूलो हानी गरेको उनले टिप्पणी गरे । कांग्रेसलाई मिलाएर लैजाउँ भन्दा एमाले र माओवादी सँग साठगाँठ गर्ने साथीहरु कांग्रेस मै भएको भन्दै उनले त्यस्ता साथीका कारण पार्टीको स्वरुपमा नै परिवर्तन आएको वताए । नेपाली कांग्रेस ११ औं महाधिवेशनसम्म वीपीको आदर्शमा चलेको भएपनि त्यसपछि वीपीको आर्दश त्यागेर अगाडि वढेको उनको भनाई छ । नेपाली कांग्रेसमा अनुहार हेरेर पदाधिकारी छनौट गर्ने चलन भएको वताउँदै यसले पार्टीको साख गिराएको वताए । वीपी कोईरालाले पार्टीलाई वर्गीय संरचना हिँडाउने भनेको भएपनि पछिल्लो समयमा पार्टी जातीय संरचनामा हिडाउन खोज्दा समस्या आएको उनको भनाई छ । वर्तमान सरकार कालोवजारीया र भ्रष्टहरुको स्वरुप भएको वताउँदै कांग्रेस नेता शेखरले जनताको मन छुने काम गर्न नसक्ने सरकारको औचित्य नभएको आरोप लगाए । यस्तो सरकारमा सामेल भयो भने कांग्रेस पनि भ्रष्टको मतियार वन्नु पर्ने दिन आउने भएकोले वर्तमान सरकारमा कांग्रेसको उपस्थिति नहुने उनको भनाई छ । देशमा संसद वैठक वोलाउँ भन्दा नमानेर अध्यादेश मार्फत देश चलाउन खोजेर वर्तमान सरकारले जगत हँसाएको उनको भनाई छ । वर्तमान सरकारले संविधानमा भएको व्यवस्थालाई कुल्चेर ४१ सदस्यीय मन्त्रीमण्डल वनाएर देशको व्ययभार थपेको उनले आरोप लगाएका छन् । संविधानले २५ जना भन्दा वढीको मन्त्री मण्डल वनाउन नहुने भने पनि वर्तमान प्रधानमन्त्रीले दिन दिनै मन्त्री थपेको उनको भनाई छ । नेपालको संविधानमा धर्म निरपेक्ष शव्दले सवै भन्दा ठूलो धोका दिएको वताउँदै उनले धार्मिक स्वतन्त्रता राखेको भए यस्तो अवस्था नआउने वताए ।

उनले अव छिट्टै संसद वैठक सुचारु हुने र त्यसपछि कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने वताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप