शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मलेसियामा पटक-पटक फेरिने श्रम निती सरकारकै हितमा 

सोमबार, १३ वैशाख २०७३, १६ : ४८
सोमबार, १३ वैशाख २०७३
क्वालालम्पुर–मलेसियामा रोजगारी गर्दै आएका बिभिन्न मुलुकका कामदारले यहां पटक पटक आप्रवासी श्रम निती परिबर्तन भईरहंदा आफुहरु समस्यामा पर्ने गरेको बताए । राजधानी क्वालालम्पुरमा नर्थ साउथ ईनिसेटिभ ( एनएसआइ ) नामको एक मलेसियन संस्थाले आयोजना गरेको गोष्टीमा सहभागी ६ देशका कामदार प्रतिनिधीले यस्तो बताएका हुन् । कार्यक्रममा नेपाल ,फिलीपिन्स,कम्बोडिया,म्यानमार, ईण्डोनेसिया र बंगलादेशका कामदार प्रतिनिधीको सहभागीता थियो । आयोजक संस्था एनएसआइले मलेसियामा कामगर्दै आएका आप्रवासी कामदारको अधिकारको सम्बन्धमा काम गर्ने गर्दछ । आप्रवासी कामदार मलेसिया आउन थालेको ३३ बर्ष भैसक्दा पनि कामदार ब्यबस्थापनमा ब्यापक कमिकमजोरी हुनु  दुखद भएको सहभागीहरुको तर्क छ । सन १९८२ यता मलेसियाले केहि मुलुकसंग गरेको श्रम सम्झौता सहित ५७ पटक श्रमनिती हेरफेर गरेको पाईन्छ । तर अहिलेसम्म पनि मलेसियामा सानातिना समस्याबाट आप्रवासी कामदारले धेरै सास्ती पाउने गरेको उनीहरुले गुनोसो गरे । अध्यागमन बिभाग , प्रहरी प्रशासन लगाएत सम्बन्धित निकायहरु एकले अर्कोलाई दोष लगाउने तर आप्रवासीका बिभिन्न खाले समस्या समाधान गर्न असक्षम हुने गरेको सहभागीहरुले भोगाई सुनाए । मलेसियाले अहिले सम्म बिभिन्न ५ ओटा देशसंग मात्र श्रमसंझौता गरी कामदार ल्याउने गरेको पाईएको छ । मलेसियाले फिलीपिन्स, चाईना ,भियतनाम, पाकीस्तान र ईण्डोनेसियासंग मात्र श्रम संझौता गरेको छ । झण्डै ५ लाख भन्दा बढि कामदार यहां पठाएको नेपाल लगाएत बंगलादेश, म्यानमार, भारत,कम्बोडिया जस्ता मुलुकसंग अहिलेसम्म पनि मलेसियाले श्रम संझौता गरेको छैन । श्रमसम्झौता हुन नसक्दा  भने बमोजिकको काम दाम र कामदारको बिभिन्न पक्षको ब्यबस्थापन राम्रो ढंगबाट हुन सकिरहेको छैन् । जस्ले गर्दा अहिले पनि कामदारहरुले बिभिन्न खाले समस्या भोगीरहेका छन् । श्रमसम्झौता हुन नसक्नुमा कामदार पठाउने मुलुक स्वयंको पनि निश्कृयता प्रष्ट देखिन्छ । श्रम सम्झौता नभएका देशहरुबाट मलेसियाले आफ्नो सर्त बमोजिम मात्र कामदार ल्याई रहेको छ । पछिल्लो उदाहरण नेपाल सरकाले लागु गरेको फ्रिभिसा फ्रिटिकटको नितीलाई मलेसियाले मौन अस्वीकृती जनाउनु  पनि यसैको उपज हो । जस्ले गर्दा मलेसिया आफ्नो सर्त बमोजिममात्र अगाडी बढ्ने कुरा प्रष्ट देखिन्छ । श्रम सम्झौता गरिएका मुलुकहरु फिलीपिन्स र ईण्डोनेसियाका कामदारले मलेसिया सरकारको ब्यबहार श्रमसम्झौता भएका र नभएका सबैलाई एउटै भएको समेत बताए । एनएसआईका अनुसार मलेसिया कामदार पठाउने मुलुकमध्य पिलीपिन्सको सक्रियता पहिलो नम्बरमा पर्दछ । आफ्नो मुलुकका कामदारको समस्या सुनेर तत्काल यहांको सरकारसंग परामर्श गरि समाधान निकाल्न सक्षम देखिएकाले पिलीपिन्स अग्रस्थानमा देखा परेको हो । कार्यक्रममा सहभागीले बताए अनुसार नेपाल लगाएत मलेसियामा कामदार पठाउने अन्य मुलुकहरुको सक्रियता भने सामान्य देखिएको छ । कार्यक्रममा बिभिन्न देशका सहभागीहरुले मलेसियामा रहेका आ-आफ्ना राजदुतावासहरुमा कर्मचारीहरुको संख्या बृद्धि गर्नु  पर्नेमा जोड दिए । राजदुतावासमा जनशक्ति थप गर्न सके यहां आईपर्ने बिभिन्नखाले समस्या समाधान छिटो हुने उनीहरुले सुझाब दिएका छन । मलेसियामा रहेका बिभिन्न मुलुकका राजदुतावासका कर्मचारीहरुले आफुहरुप्रति राम्रो बोली ब्यबहार नगर्ने गरेको पनि सहभागीहरुले गुनासो गरेका छन् । एसीयामा लाखौ आप्रवासीलाई रोजगारी दिन सक्ने म’’ल’कको अग्रस्थानमा मलेसिया पर्दछ । यहां २१ लाख आप्रवासी कामदार रहेको सरकारी तथ्यांकमा उल्लेख छ । श्रमिकको पक्षमा कामगर्ने बिभिन्न संस्थाहरुले मलेसियामा अझैपनि ४० लाख अबैधानिक रहेका दाबी गर्दै आएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप