मधेसको माग काँग्रेसले सम्बोधन गर्छः महामन्त्री कोइराला
वासिङटन डिसी– नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मधेसको माग काँग्रेसले सम्बोधन गर्नसक्ने बताएका छन् । अमेरिका भ्रमणका क्रममा आइतबार भर्जिनियामा जनसम्पर्क समिति भर्जिनियाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले भने – काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको अडानका कारण संविधान जारी भएको हो । सातदशक लामो अथक प्रयासबाट संविधान आएकामा खुसी छु । कोइरालाले अगाडि भने – “अब संविधान आएको छ । यसको कार्यान्वयन गर्ने जिम्मा हामीहरुको हो ।”
महामन्त्री कोइरालाले तेह्रौं महाधिवेशनले काँग्रेसमा ६० र ४० को भागबण्डा अन्त्य गरिदिएको दाबी पनि गरे।
कोइरालाले पार्टीको आन्तरिक संरचनामा परिवर्तन गर्दै प्रविधि मैत्री ढाँचामा अगाडि बढाउनुपर्नेमा जोड दिँदै भने– अब हरेक गाविसलाई सूचना सञ्जालबाट जोड्न सक्दो प्रयत्न गर्नेछु ।
सरकार परिवर्तनको विषयमा टिप्पणी गर्दै कोइरालाले भन्नुभयो – हामी सरकार परिवर्तनको पक्षमा छैंनौं तर व्याप्त कालोबजारी, भूकम्पपीडितको मर्का र दातृनिकाय मार्फत सङ्कलित रकमको उपयोगविहीनताले सरकारको नैतिक आधार गुमेको अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण