शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

संविधान विरोधी कार्य रोक्न गृहमन्त्रीको निर्देशन

सोमबार, १३ वैशाख २०७३, १७ : ०६
सोमबार, १३ वैशाख २०७३

बुटवल– गृहमन्त्री शक्तिबहादुर बस्नेतले संविधान विरोधी कुनै पनि कार्यलाई रोक्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् । सरकारको मुख्य कार्यभार नयाँ संविधान कार्यान्वन रहेको भन्दै उनले त्यसको विरुद्धमा हुने कुनै पनि कार्यलाई तत्काल नियन्त्रणमा लिन सुरक्षा निकायका प्रमुखलाई आग्रह गरे ।

बुटवलमा आजदेखि सुरु भएको क्षेत्रीय विशेष सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री बस्नेतले मधेसी मोर्चाले तराई मधेसमा फेरि गर्ने भनेको संविधान विरोधी कार्यलाई परिस्थिति हेरेर नियन्त्रण गर्न “संविधान बनेपछिको सुरक्षा अवस्थालाई विशेष ख्याल गनुपर्छ” – गृहमन्त्री बस्नेतले धने ।

उनले संविधान सहमति र सम्झौताको दस्तावेज भएको बताउँदै संविधानमा कसैको चित्त नबुझेको भए पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले भने–“आन्दोलन गरेर जनतालाई भड्काउने अहिलेको अवस्था होइन ।” संविधानको कार्यान्वयनको चरणमा जानु राज्य र सबैको राष्ट्रिय कार्यभार भएको उनको भनाइ छ ।

गृहमन्त्रीले आन्तरिक सुरक्षा नीति, सुरक्षा तर्जुमा गठन गरी विशेष सुरक्षा व्यवस्था अपनाइने बताए । उक्त गोष्ठीमा लुम्बिनी अञ्चलका छ जिल्लासँगै चितवनका सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीको सहभागिता रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप