महाधिवेशनको मुखमा गच्छदारको पार्टीमा भाँडभैलो
काठमाडौ – विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) को महाधिवेशन हुन सात दिन मात्र बाँकी छ तर हालसम्म कुनै तयारी भएको छैन।
महाधिवेशन हुनुअघि गाउँ, क्षेत्र र जिल्लाको अधिवेशन हुनुपर्ने भएपनि त्यस्तो अधिवेशन कुनै जिल्लामा भएको छैन । पार्टी अध्यक्ष गच्छदारको मौखिक आदेशमा जिल्ला जिल्लाबाट महाविधेशन प्रतिनिधि मगाउने काम भइरहेको छ । सरकारमा गएका कारण सो पार्टीका जिल्ला तहदेखि केन्द्रसम्मका थुप्रै नेताहरु असन्तुष्ट रहेको कारण अध्यक्ष पद नै धरापमा पर्ने भएकाले अध्यक्ष गच्छदारले कुनै पनि जिल्लामा अधिवेशन गराउन नदिएको बताइन्छ । उनी आफ्ना निकटका नेता तथा कार्यकर्तालाई मौखिक (बिना भेला) आधारमा महाधिवेशन प्रतिनिधि बनाएर अध्यक्ष बन्ने दाउमा रहेका छन् ।
मधेश आन्दोनल चलिरहेकै बेला गच्छदार पार्टीमा कुनै निर्णय नै नगरिकन सरकारमा गएपछि पार्टीका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, अर्का उपाध्यक्ष जितेन्द्र देव, दानबहादुर चौधरीलगायतका नेताहरुले असन्तुष्ट भएर छुट्टै पार्टी बनाउने गृह कार्यपनि गरेको थिए । तर, गच्छदारले यो कुरा चाल पाइसकेपछि सो गृहकार्यलाई असफल बनाएका थिए ।
सरकारमा गएपछि मधेशका लगभग सबै जिल्लाका कार्यसमिति भंग भयो । उपाध्यक्ष मृगेन्द्रकुमार यादव पार्टी छाडेर सद्भावना पार्टीमा प्रवेश गरिसकेका छन् भने अरु थुप्रै नेताहरु अन्य अन्य पार्टीमा प्रवेश गरि सकेका छन् । हिजो मात्रै सोही पार्टीका युवा नेता सत्रुधन प्रसाद महतो (कोइरी) संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । महाधिवेशनको तयारीमा अध्यक्ष गच्छदार एक्लै आफै मात्रै लागेका छन् । उपाध्यक्ष रामेश्वरराय यादव दुई महिनादेखि जिल्लामा गएर बसेका थिए । दानबहादुर चौधरी पनि जिल्लामा गएर बसेका थिए । उनी आजै काठमाडौ आएका छन् । पार्टीका कोषाध्यक्ष आशा चतुर्वेदी पनि धेरै दिनदेखि बाहिर थिइन् । उपाध्यक्ष जितेन्द्र देवले पनि महाधिवेशनमा चासो लिएका छैनन् । केही अघि अध्यक्ष गच्छदारले विराटनगरमा पत्रकार सम्मेलन गरि महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको घोषणा गर्दा उनीसँग केन्द्रीय पदाधिकारीहरु कोही उपस्थित थिएनन् । अध्यक्ष गच्छदारले जुन शैलीबाट महाधिवेशन गराई रहेका छन् त्यसले गर्दा पार्टीका उपाध्यक्ष रामेश्वर यादव असन्तुष्ट रहेका छन् । महाधिवेशन तयारीको कुनै पनि प्रकृयामा उनी सहभागि छैनन् । अध्यक्ष गच्छदारले उपाध्यक्ष यादवलाई फोन गरि महाधिवेशनका तयारीबारे छलफल गर्छु भनेपनि कुनै प्रकारको छलफल नभएको स्रोतको भनाई छ । यस विषयमा जानकारी लिन उपाध्यक्ष यादवलाई सम्पर्क गर्दा पछि फोन गर्नु होला भनि फोन काटि दिए । कोषाध्यक्ष आशा चतुर्वेदीले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको कुरा सुनेको तर के कति तयारी भएको भन्ने आफूलाई थाहा नभएको बताइन् । पार्टीको नाम परिवर्तन गर्ने हल्ला मात्र रहेको पनि उनले सुनाइन् । उपाध्यक्ष दानबहादुर चौधरीलाई पनि महाधिवेशन तयारीको बारेमा थाहा छैन । उनले पनि अब पार्टी कार्यालय गएर तयारी बारे जानकारी लिने बताए । विधान संशोधन समितिका संयोजक समेत रहेका चौधरीलाई सविधान संशोधनको बारेमा पनि थाह छैन । उनले पनि यो कुरा अध्यक्ष गच्छदारसँग बुझेर मात्र जानकारी गराउने प्रतिकृया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण