शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

उपत्यकामा भूकम्प जानुअघि नै सूचना दिने यन्त्र संचालनमा

सोमबार, १३ वैशाख २०७३, १८ : ५६
सोमबार, १३ वैशाख २०७३

काठमाडौँ– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टले काठमाडौँ उपत्यकाका चार स्थानमा भूकम्प जानुभन्दा १० देखि २० सेकेन्ड अग्रीम सूचना दिने यन्त्र जडान गरेको छ ।

प्रतिष्ठान परिसर खुमलटार, त्रिवि भूगर्भ केन्द्रीय शिक्षण विभाग कीर्तिपुर, भृकुटी होटल गोदावरी र सौर्य स्कुल सिनामङ्गलमा अग्रिम सूचना दिने प्रणाली जडान गरिएको हो । सो प्रणाली जडान गरिएको ८० किमीको दूरीमा भूकम्प गए १० देखि २० सेकेन्ड अगावै सूचना पाउन सकिन्छ ।

सो यन्त्रले भूकम्प जानुपूर्व भूकम्पको केन्द्रबिन्दुको दूरी र तीव्रताका आधारमा भूकम्पीय तरङ्ग प्राप्त गरी मानिसलाई सचेत गराउने नास्टका प्रविधि प्रमुख डा सुरेशकुमार ढुङ्गेलले राससलाई जानकारी दिए । “यो प्रविधि चार स्थानमा स्थापना गर्न चीनको इन्स्टिच्युट अफ केयर लाइफको सहयोगमा अनुदास्वरुप प्राप्त भएको हो, अन्य स्थानमा राख्न सरकारले आर्थिक सहयोग गरे नास्टले देशका विभिन्न भागमा जडान गर्ने योजना बनाएको छ”– उनले भने ।

सो प्रविधि जडान गरिएपछि विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र वरपरका मानिसलाई समेत भूकम्पको अग्रीम जानकारी प्राप्त हुँदा सुरक्षित हुने आशा जागेको सौर्य स्कुलका प्रअ भीमआङ लिम्बूले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप