शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बसको छतबाट खसेर एक यात्रु गम्भिर घाइते

सोमबार, १३ वैशाख २०७३, १९ : ०२
सोमबार, १३ वैशाख २०७३

रामेछाप–रामेछापको सदरमुकाम मन्थलीमा बसको छतबाट खसेर एक यात्रु गम्भिर घाइते भएका छन् । काठमाडौंबाट रामेछापको साँघुटार जाँदै गरेको अरनीको यातायातको बा३ख ९१८३ नम्बरको बसको छतबाट खसेर रामेछापकै हिमगंगा–५ निवासी प्रभुराम घिमिरे घाइते भएका हुन् ।

गुडिरहेको गाडीको छतबाट सडकमा पछारिएका घिमिरेको निधार र अनुहारमा गहिरो चोट लाग्नुका साथै तीन वटा दाँत समेत झरेको छ । बसको छतमा सवार घिमिरे मन्थली बजारमा सडकमाथिबाट तामाकोसी सहकारी अस्पतालमा लगिएको टिभीको डिक्सको तारमा अल्झिएर सडमा पछारिएका थिए ।

घाइते घिमिरेको तामाकोसी सहकारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ । मन्थलीस्थित देवकोटा चोकमा ट्राफिकले छतमा रहेको यात्रु ओराले पनि ट्राफिकचोक कट्ने बित्तिकै सवारी चालकले यात्रुलाई छतमा चढाएकाले दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप