शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६’ को तयारी पूरा

सोमबार, १३ वैशाख २०७३, १९ : १५
सोमबार, १३ वैशाख २०७३

काठमाडौं–मुुलुुकको हस्तकला, सुनचाँदी, रत्न तथा आभूषण क्षेत्रका सम्बन्धित तीन वटै छाता संगठनहरुद्धारा प्रवद्र्धित ‘नेपाल जेम एण्ड ज्वेलरी काउन्सील’ को तत्वावधानमा ७–९ जेठ २०७३ (तदानुसार मे २०–२२) सम्म होटल याक एण्ड यति, दरबारमार्ग, काठमाडौंमा ‘नेपाल इन्टरनेशनल जेम एण्ड ज्वेलरी एक्स्पो २०१६’ आयोजना गरिन लागेको उक्त मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा व्यापार तथा निर्यात प्रवद्र्धन केन्द्र एवं नेपाल सरकारका सम्बन्धित निकाय र नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स आदि मुलुकका निजि क्षेत्रका छाता संगठनहरुको सहयोग र समर्थन रहेको छ ।

६० वटा स्टलहरु रहने एक्स्पोमा मुलुक भरका प्रतिनिधि गरगहना व्यवसायीहरुका साथै विभिन्न मुलुकका ज्वेलर्सहरु पनि सहभागी रहने विश्वास गरिएको छ । एक्स्पोमा सहभागिता एवं सहयोगका लागि मुलुकभरका गरगहना व्यवसायीहरुका प्रतिनिधिमूलक महासंघ, संघहरुलाई आव्हान गरिनेछ ।

साथै अन्तर्राष्ट्रिय क्षेत्रमा भारत, चीन, थाइल्याण्ड, श्रीलंका, सम्पूर्ण सार्क राष्ट्रहरु र जापान तथा युरोपियन राष्ट्रहरुबाट समेत सहभागी हुनाले सो बाट मेला सहभागीहरुलाई मेलाको तयारीबारे जानकारी गराइयो ।

एक्स्पोमार्फत नेपाली आभुषण क्षेत्रको मौलिकता, विशिष्टता, क्षमता र सम्भावनालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा सबल रुपमा उजागर गर्न अझ सहज होस् भन्ने अभिप्रायले सरकारी, अर्ध सरकारी र निजी क्षेत्रका सम्बन्धित संपूर्ण संस्था एवं निकायसंग सह–कार्य र समन्वय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप