शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

माओवादीले ग¥यो बेपत्ता योद्धा पूर्ण पौडेलको खोजसभा

सोमबार, १३ वैशाख २०७३, १९ : २५
सोमबार, १३ वैशाख २०७३

पोखरा–नेपालमा माओवादी जनयुद्ध सञ्चालनको अवस्थामा तत्कालीन राज्यपक्षले गिरफ्तार गरेर बेपत्ता बनाइएका अखिल क्रान्तिकारीका तत्कालिन महासचिव पूर्ण पौडेलको खोजसभा सम्पन्न भएको छ ।

पौडेललाई २०५९ साल जेठ १३ गते नेपाल प्रहरीले काठमाडौंको कालीमाटीबाट प्रक्राउ गरेर बेपत्ता बनाएको थियो । तत्कालीन अवस्थामा प्रहरी इन्सपेक्टर रामकृष्ण राईको नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । त्यसपश्चात उनको अवस्थाको बारेमा हालसम्म कुनै जानकारी दिइएको छैन ।

राज्यले राजनीतिक आस्थाका आधारमा नियन्त्रणमा लिएका नागरिकको अवस्थाको बारेमा जानकारी नदिनु राज्यको निरकुशंताको पराकाष्ट भएको क्रान्तिकारी माओवादीका केन्दयि सचिवालय सदस्य श्रीनाथ अधिकारीले बताए । व्यवस्था परिवर्तनको लागि माओवादी आन्दोलन भएको भन्ने कुरा सुन्न समेत नहाचानेहरुले बेपत्ताहरुको अवस्था सार्वजनिक गरेर आफन्तलाई सन्तोषको श्वास फेर्ने वातावरण बनाउने कुरामा शंका लागेको उनको भनाई थियो । नेपालमा भएको माओवादी आन्दोलनलाई फेरी पुर्नगठन गरेर देशको अहिलेको अवस्थामा परिवर्तन गर्न जरुरी रहेकोमा उनले जोड दिए ।

कार्यक्रममा एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हरि अधिकारीले पूर्ण पौडेल जस्ता होनाहार योद्धाहरुको त्याग र बलिदानले नेपालमा गणतन्त्र स्थापना भएकोले प्राप्त उपलब्धिको रक्षा गरेर थप क्रान्तिको तयारीमा लाग्नुपर्ने कुरामा जोड दिए । माओवादीका कारण देशमा संविधान निर्माण भएको यथार्थलाई भुल्न खोजे अर्को जवरजस्त आन्दोलन गर्ने जनताको अधिकार सुरक्षित रहेको उनको भनाई थियो । युद्धमा सर्वसाधारण तथा आफूहरुका हजारौं नेता कार्यकर्ताको बलिदानको मुल्य खोज्ने हो भने अहिलेका दलहरुको अवस्था कल्पना गर्न नसक्ने अवस्थामा पुग्ने उनको भनाई थियो । अहिले आरोप र रिस साँध्ने बेला नभएकोले आफूहरु संवेदनशिल भएको अधिकारीले बताए ।

कार्यक्रममा पूर्ण पौडेलकी जीवन संगिनी तथा माओवादी नेता साबित्रा दुराले पूर्ण पौडेल जस्ता हजारौंको रगतले र्सिजित इतिहासलाई साक्षी राखेर अगाडि बढ्न सबै माओवादीलाई आग्रह गरिन् । पूर्ण पौडेलको निवास नयाँबजारमा आयोजना गरिएको कार्यक्रममा पौडेललका दाजु केदार पौडेलले माओवादी युद्धमा आफूहरुको सबै परिबार नै समाहित भएको स्मरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप