पसलमा आगलागी हुँदा ५ लाख बराबरको क्षती
सोमबार, १३ वैशाख २०७३, १९ : ३३
डडेल्धुरा– डडेल्धुरा भीमदत्त राजमार्गस्थित असिग्राम गाविस–१ साहु खर्कस्थित करन देउवाको बाजकोे खिर पसलमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरीका कार्यालय डडेल्धुुराले जनाएको छ ।
सोमबार बेलुकी ४ बजे जंगलबाट आगोको झिल्का उडेर खरले छाएको छानामा परि आगलागि भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक केशब बहादुर चन्दले जानकारी दिए ।
करिब २ घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रमा आएको थियो । तर, आगो नियन्त्रमा आएपनि घर र पसल पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यलय डडेल्धुराले जनाएको छ ।
घर र पसलमा रहेको खाद्यान्न र लत्ता कपडा लगायतका सबै समानहरु जलेर नष्ट भएको र अमरगढी नगरपालिका डडेल्धुराले पठाएको दमकल बीच बाटोमै बिग्रेपछि ठूलो क्षती हुन गएको स्थानीयको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण