शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

प्रहरी हिरासतमै आत्महत्याको प्रयास

सोमबार, १३ वैशाख २०७३, १९ : ५१
सोमबार, १३ वैशाख २०७३

इटहरी – इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेको एक कैदीले फिनेल पिएर आत्महत्या गर्ने प्रयास गरेको छन । सार्वजनिक अपराध अन्तर्गत हिरासतमा रहेका इटहरी–५ का २६ वर्षीय सुर्वन कार्कीले फिनेल पिएर आत्महत्या गर्ने प्रयास गरेका हुन् ।

तिन दिनअघि इटहरी–५ स्थित राजश्व कार्यालय आसपासमा झगडाको विषयमा पक्राउ गरि ल्याइएका कार्कीले हिरासत सफा गर्न राखिएको फिनेल पिएका थिए । पछि उनलाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । कार्कीको अवस्थामा केही सुधार आएको बताइएको छ ।

यता कार्कीका परिवारले भने, ‘प्रहरीको कुटाईले चोटग्रस्त रहेका कार्कीले एक्कासी फिनेल खाएपछि आफूहरु शंकामा रहेको बताए । पक्राउ गर्दा प्रहरीले कार्कीलाई धेरै कुटेको कारण उनी चोटग्रस्त थिए ।’ पछि फिनेल पिएको थाहा पाएपछि भेट्न जाँदा प्रहरीले हेर्न समेत नदिएको उनीहरुको आरोप छ । घटना बिहान ९ बजेतिर घटेको बताइएको छ ।

पारिवारीक स्रोतकाअनुसार कार्कीको जिउभर निलडाम र चोट छ । कार्कीलाई हिरासतमा राखेर पटक–पटक कुटपिट भएको स्रोतको दाबी छ ।

घटना शंकास्पद रहेको बताउँदै परिवारलाई समेत भेट्न नदिँदा प्रहरीको व्यवहारले झन शंका उब्जाएको उनीहरुको भनाई छ । कार्कीको उपचार अहिले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

यता इलाका प्रहरी कार्यालय इटहरीले भने यस घटनालाई लुकाउने प्रयास गरेको छ । घटनाको बिषयमा प्रहरीलाई बुझ्दा आफूहरुलाई जानकार नभएको जवाफ दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप