चालकलाई सर्वस्वसहितको जन्मकैदको फैसला
सोमबार, १३ वैशाख २०७३, १९ : ५४
सल्यान – सहचालकलाई ठक्कर दिने चालकलाई जिल्ला अदातल सल्यानले सर्वस्वसहितको जन्मकैदको फैसला सुनाएको छ ।
गत फागुन ११ गते राप्ती लोकमार्ग अन्र्तगत बरला अस्थाई प्रहरी चौकी अगाडि रुकुम सल्लेबाट दाङ तुलसीपुरका छुटेको बसले रङ साइडबाट ओभरट्याक गर्न खोज्दा सहचालक भुवन बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो ।
ठक्कर दिने चालक हरिलाल अधिकारीलाई जिल्ला अदालत सल्यानले सोमबार सर्वस्वसहितको जन्मकैदको फैसला सुनाएको हो । जिल्ला अदालतका न्यायधीशको एकल इजलासले अधिकारीलाई जन्मकैदको फैसला सुनाएको हो ।
शारदा नगरपालिका वडा नम्बर–६ बरला बजारमा रुकुमको सल्लेबाट तुलसीपुरका लागि छुटेको रा१ख ७३८ नम्बरको बसले रुकुम चौरजहारीबाट दाङको तुलसीपुरका लागि छुटेको रा१ख ८७६ नम्बरको बसका सहचालक बस्नेतलाई ठक्कर दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण