शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

संघीय समाजवादी फोरम नेत्री गुरुङ नयाँ शक्तिमा प्रवेश

सोमबार, १३ वैशाख २०७३, २० : ०६
सोमबार, १३ वैशाख २०७३

काठमाडौं–संघीय समाजवादी फोरम नेपालकी नेतृ रिता गुरुङले सो पार्टी परित्याग नयाँ शक्ति निर्माण अभियान नेपालमा प्रवेश गरेको पत्रकार सम्मेलनमार्फत बताएकी छिन् । हाल लन्डन घुमघाममा रहेकी नेतृ गुरुङले भनिन्, ‘जब उपेन्द्र यादवको पार्टीसँग पार्टी एकता भयो, तब पार्टी पुरै मधेस केन्दित बाहेक अरु केही भएन, जनजातीलाई उपेक्षित गरिएको छ, अशोक राइले जनजातीलाई धोका दिएका छन् ।’

देशको बदलिँदो राजनितिक परिस्तिथिमा कथित नक्कली रास्ट्रवादी भनाउँदो सरकारले नै देशको विखण्डन चाहेको र आम जनजाति, दलित, मधेसी, मुस्लिम थारु र उत्पीडित वर्गको अधिकार पहिचानको आधारमा संविधानमा सुनुश्चित नगरेको, सत्ता लिप्तिको कारण देशलाई द्वन्दमा धकल्दै पुरानै राजा माहराजा र पञ्चयात फर्काउन लागेको आरोप लगाइन् ।

उनले यथाशिघ्र संविधान संसोधन गरि जनजाती, थारु, मुस्लिम, मधेसी, दलितलगायतको माग समावेशीसहित सम्बोधन गरि द्वन्द्व निम्तने खतराको अन्त्य गर्न माग गरिन् । वर्तमान परिस्तिथिमा देशको संस्कृति एकतासहित एक नेपाल भू–अखण्डसहित आर्थिक क्रान्तिको नारा लिएर हिँडेका डा. बाबुरामको विचार र सिद्वान्तले मात्रै देशको परिवर्तन र विकास सम्भव रहेको र अन्य पार्टीमा बिश्वास नरहेकोले आफू नयाँ शक्तिमा प्रवेश गरेको बताइन् । देशमा नारी हत्या, बलात्कार, हिंसा व्यापक रुपमा बढेकाले गृह–प्रशासन मौन रहनुमा गृहमन्त्रीले नैतिकताको कारण राजिनामा दिनुपर्ने माग गरेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप