शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आर्मी लिगको शीर्ष स्थानमा

सोमबार, १३ वैशाख २०७३, २० : ११
सोमबार, १३ वैशाख २०७३

काठमाडौँ– त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताअन्तर्गत सुपर लिगको शीर्ष स्थानमा उक्लेको छ ।

सात दोबाटोस्थित एन्फा खेल मैदानमा आज भएको खेलमा आर्मीले पुलिसमाथि ३–२ गोलअन्तलरले पराजित गरेको हो ।

चार खेल खेलेको आर्मीले जितसँगै १० अङ्क जोडेको छ । आर्मीको जितमा शर्मिला थापाले २४ औँ र ४७ औँ मिनेटमा दुई गोल तथा कृष्णा खत्रीले ८० औँ मिनेटमा एक गोल गरे । पुलिसकी निशा सुनुवारले ५० औँ र निरु थापाले ८६ औँ मिनेटमा एक एक गोल गरे ।

समान चार खेल खेलेको पुलिसको नौ अङ्क छ । प्रतियोगिताका विजेताले रु दुई लाख तथा द्वितीय हुनेले रु एक लाख प्राप्त गर्नेछन् । त्यसैगरी प्रतियोगितामा उत्कृष्ट गोलकिपर, फर्वार्ड, मिडफिल्डर, डिफेन्डर तथा प्रशिक्षकले जनही रु २५ हजार प्राप्त गर्नेछन् ।

मङ्गलबार पूर्वाञ्चल महिला फुटबल टोली र सशस्त्र प्रहरी बल एपिएफ आमनेसामने हुनेछन् । पूर्वाञ्चल समूह ‘ए’ को उपविजेता तथा एपिएफ समूह ‘बी’ को विजेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप