शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपाल कोरियाबीच सम्बन्ध वृद्धि

सोमबार, १३ वैशाख २०७३, २० : २७
सोमबार, १३ वैशाख २०७३

काठमाडौँ– दक्षिण कोरियाली संसद्का सभामुख छङ उई ह्वाले नेपालले नयाँ संविधान मार्फत चाँडै आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

सभामुख ह्वा र नेपाल चेम्बर अफ कमर्सबीच भएको कार्यक्रममा उनले नेपाल कोरियाको असल छिमेकी भएको बताउँदै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरियाली सभामुखको नेपाल भ्रमणले दुवै देशका व्यवसायीबीचको सम्बन्ध र आर्थिक क्रियाकलाप अभिवृद्धि हुने विश्वास व्यक्त गरे । प्रतिनिधिमण्डलमा कोरियाली संसद्का सदस्य लगायत २५ जनाको सहभागिता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप