शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

जनयुद्धकालीन मुद्दा खारेज गर्न माग

सोमबार, १३ वैशाख २०७३, २० : ३०
सोमबार, १३ वैशाख २०७३

काठमाडौँ– जनयुद्धका मुद्दामा अदालत पीडित सङ्घले देशमा राजनीतिक परिवर्तनका लागि १० वर्षीय जनयुद्ध लडेका माओवादी योद्धामाथि लगाइएको मुद्दा बृहत् शान्ति सम्झौता अनुरुप बिनासर्त खारेज गर्न माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका संयोजक बाबुराम गौतम र नेत्री जानुका पौडेलले अदालतको बलमा माओवादीलाई दमन नगर्न चेतावनी दिए । सङ्घका प्रवक्ता मोहन खड्काले एकीकृत नेकपा माओवादीलगायत सबै माओवादी शक्तिलाई जेलमा कोच्ने प्रयास भइरहेको जनाउँदै त्यसको सबै एक भएर प्रतिरोध गर्ने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप