शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपाल क्रिकेट संघलाई आईसीसीको निलम्बन, खेलाडीले अन्तर्राष्ट्रिय म्याच भने खेल्न पाउने

सोमबार, १३ वैशाख २०७३, २१ : ५६
सोमबार, १३ वैशाख २०७३
काठमाडौं, बैशाख १३– नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले निलम्बन गरेको छ । विवादले क्यान दुई समूहमा विभाजित भइ  नेतृत्वविहीन भएको भन्दै युएईमा बसेको आईसीसी बोर्ड बैठकले क्यानलाई निलम्बन गर्ने निर्णय गरेको हो । आईसीसीले क्यानलाई निलम्बन गरेपनि नेपाली खेलाडीले अन्तराष्ट्रिय प्रतियोगिता भने खेल्न पाउनेछन् । क्यान निलम्बनमा परेपनि  नेपाली खेलाडीले आईसीसीको अन्तर्राष्ट्रिय म्याचहरु  खेल्न पाउने आईसीसी बोर्ड बैठकले  निर्णय गरेको हो  । आईसीसीको निलम्बनसँगै अब उसले क्यानलाई गर्दै आएको सबै सहयोग रोक्का हुनेछ । यसअघि पनि आईसीसीले क्यानको विवाद तत्काल समाधान गर्न आग्रह गर्दै आएको थियो भने केहि महिनायता क्यानले पाउँदै आएको सहयोग समेत रोकिएको थियो । यही विचमा क्यानको विवाद समाधान नभएपछि आईसीसीले आफ्नै पहलमा दुई साताअघि पहिलेमात्रै विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र नामिबियाको खेल कीर्तिपुरमा गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप