शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विद्युत् चोरी गर्ने चौबिस जना पक्राउ

मङ्गलबार, १४ वैशाख २०७३, ०७ : ५६
मङ्गलबार, १४ वैशाख २०७३

राजविराज– विद्युत् चुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत सप्तरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने २४ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्तरुपमा जिल्लाभरि खटिएको अनुगमन टोलीले एकै दिन २४ जनालाई पक्राउ गरिएको नेपाल विद्युत् प्राधिकरण राजविराजका प्रमुख रामउदगार साहले बताए ।

पक्राउ परेकाहरुको साथबाट पानी ताने दुईवटा मोटर पनि बरामद गरिएको बताइएको छ । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरुविरुद्ध विद्युत् ऐनअनुसार कारबाही गरिने प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप