सत्तरी वर्षको उमेरमा नागरिकता
मङ्गलबार, १४ वैशाख २०७३, ०८ : ०२
मोरङ–मोरङकी विमाया तामाङले ७० वर्षको उमेरमा नागरिकता पाएकी छिन् ।
केराबारी–५ का ५३ वर्षीय ज्ञानबहादुर पाण्डेसँग दुई वर्षअघि विवाह गरे पनि नागरिकता जिल्ला प्रशासन कार्यालय मोरङबाट हिजो प्राप्त गरे ।
जिल्ला प्रशासन कार्यालय मोरङले २००२ सालको जन्म मिति कायम गरेर विमायालाई नागरिकता प्रदान गरेको खरिदार टेकबहादुर श्रेष्ठको भनाइ छ ।
श्रीमान् ज्ञानबहादुर पाण्डेको नागरिकतालाई आधार मानेर विमायालाई नागरिकता दिएको हो । विमाया पाण्डेकी तेस्रो श्रीमती हुन् ।
पहिलो श्रीमानको मृत्यु भएको र छोराछोरीले नहेरेपछि विमायाले पाण्डेसँग विवाह गरेकी हुन् । जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता पाएपछि विमायाले खुसी हुँदै भनिन्, “बुढेसकालमा भएपनि नेपाली नागरिक हुन पाएकामा गर्व लागेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण