शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय कराँते च्याम्पियन सिपमा साग स्वर्ण पदकधारी सुनिल लामालाई स्वर्ण पदक

मङ्गलबार, १४ वैशाख २०७३, ०८ : ४२
मङ्गलबार, १४ वैशाख २०७३

न्युयोर्क–२५औं हिराल्डोकाई सोवकान अन्तर्राष्ट्रिय कराँते च्याम्पियन सिपमा नेपालका साग स्वर्ण पदकधारी सुनिल लामासहित अमेरिकाको पहिलो र एक मात्र नेपाली कराँते डोजो इन्टरनेश्नल पदकधारी मार्शल आर्टस एशोसियशन न्युयोर्कका खेलाडीले ४ स्वर्ण १ कास्य र ५ रजत गरी जम्मा १० पदक हात पारेका छन् ।

हिराल्डोकाई सोवकान कराँतेडोको आयोजनामा अप्रिल २४ तारिख आईतवार न्युयोर्कको क्विन्सस्थित इलमकोर सेन्टरमा सम्पन्न च्याम्पियनसिपमा नेपालका साग पदक विजेता सुनिल लामासहित इन्टरनेश्नल मार्शल आर्टस एशोसियशन न्युयोर्कका ९ जना खेलाडीहरुको सहभागिता रहेको उक्त च्याम्पियनसिपमा व्यक्तिगत खुला तौलको कुमितेमा नेपालको सुनिल लामाले आफनो पतिद्धन्द्वी पहिलो चरणमा मोनटोया लाई ९–३ , दोस्रो चरणमा मोहमद सलेम लाई १०–३ , तेस्रो चरणमा डारडन सिकालाई ७–० र अन्तिम चरणमा बर्नार्ड कोलोनललाई ९–४ ले पछाडी पार्दै स्वर्ण पदक जित्न सफल भएका छन् ।

इन्टरनेश्नल मार्शल आर्टस एशोसियशन न्युयोर्कका १३ वर्षीय डेचेन पेमाले व्यक्तिगत कातामा स्वर्ण र कुमितेमा रजत, १३ वर्षीय सहैला इस्लामले व्यक्तिगत कातामा रजत र कुमितेमा स्वर्ण पदक, १३ वर्षीय सहैला इस्लामाले व्यक्तिगत काता तथा कुमिते दुवैमा रजत पदक, १४ वर्षीय महमद इलवौनीनीले व्यक्तिगत कुमितेमा काश्यपदकर ७ वर्षीय रोहित खड्काले व्यक्तिगत कातामा रजत पदक जित हासिल गर्न सफल भएका छन् ।

अमेरिका कराँते महासंघद्धारा मान्यता प्राप्त च्याम्पियनसिपमा इन्टरनेश्नल मार्शलआर्टस एशोसियशन न्युयोर्कको ९ जना खेलाडीहरुको सहभागिता रहेको थियो । च्याम्पियनसिपमा न्युयोर्क राज्यकोको अलावा अन्य ६ राष्ट्रहरु क्यानाडा, डमिनीकन रीपब्लीक, भेनेजुयला, पानामा र हाइटीको गरी ३५० जनाभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।

विश्व कराँते महासंघका रेफ्री सेन्सी क्लिभ वेक्सटरको प्रमुख निर्देशनमा संचालित च्याम्पियनसिपमा पान अमेरिका र अमेरिकी कराँते महासंघ अन्तर्गतका रेफ्री तथा निर्णायकहरु सहभागि थिए । जसमध्ये च्याम्पियनसिपम नेपाली मुलका इन्टरनेश्नल मार्शल आर्ट एसोसिएसन न्युयोर्कका प्रमुख प्रशिक्षक शान्त थोकर र सहायक प्रशिक्षक पर्खि राई २ जना मात्र निर्णायक (रेफ्री) सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप