मोरङमा दुई राउन्ड हवाई फायर
मङ्गलबार, १४ वैशाख २०७३, ०८ : ४८
मोरङ– जङ्गलभित्र सिकार खेलिरहेको अवस्थामा एक सिकारीलाई पक्राउ गर्ने क्रममा मोरङको पथरी शनिश्चरे–८ स्थित जिरीखिम्ती जङ्गलमा आज बिहान प्रहरीले दुई राउन्ड हवाई फायर गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक रमेश बस्नेतको नेतृत्वमा खटिएको प्रहरीको टोलीले आज बिहान पौने ३ बजे जिरीखिम्ती जङ्गलभित्र सिकार खेलिरहेको अवस्थामा सोही ठाउँका ४० वर्षीय राम अर्याललाई भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
जङ्गलभित्र बन्दुक पड्किएको आवाज सुनिएपछि प्रहरीको टोली जङ्गलभित्र पसेको थियो । सिकार खेलिरहेका अर्याललाई पक्राउ गर्ने क्रममा उनले प्रहरीमाथि नै बन्दुक तेर्साएपछि दुई राउन्ड हवाई फायर गर्नुपरेको प्रहरी निरीक्षक बस्नेतले बताए ।
पक्राउ परेका अर्याललाई अहिले इलाका प्रहरी कार्यालय पथरीमा राखेर अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण