बाबुले चलाएको ट्याक्टर दुर्घटनामा छोराको मृत्यु
मङ्गलबार, १४ वैशाख २०७३, ०८ : ५१
चितवन–पश्चिम चितवनको नारायणी नगरपालिकामा बाबुले चलाएको ट्याक्टर दुर्घटना हुँदा छोराको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति उक्त दुर्घटना हुँदा स्थानीय १४ वर्षका प्रशान्त पोखरेलको ज्यान गएको हो ।
पश्चिम चितवनको नारायणी नगरपालिका–१ स्थित जितपुरबाट पर्सा बजारतर्फ आउँदै गरेको ना४त ७१९१ नम्बरको ट्याक्टर सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो ।
बाबु दीपक पोखरेलले चलाएको ट्याक्टरमा सवार छोरा प्रशान्त दुर्घटनामा परी गम्भीर घाइते भएका थिए ।
उनको उपचारका लागि भरतपुरतर्फ ल्याउने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण