शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विभिन्न अपराधका फरार सात अभियुक्त पक्राउ

मङ्गलबार, १४ वैशाख २०७३, ०८ : ५८
मङ्गलबार, १४ वैशाख २०७३

सप्तरी– लामो समयदेखि सप्तरी जिल्ला अदालतबाट कैद र सजाय पाएर फरार रहेका सात जनालाई जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले पक्राउ गरेको जनाइएको छ ।

लागुऔषध मुद्दामा फरार पिप्रा पश्चिम गाविस–८ का कैलाश महतो, लुटपाट मुद्दामा फरार, प्रसवानी गाविस–५ का ईन्द्र सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै कुटपिट मुद्दामा फरार भएका कटैया गाविस–९ का बिन्दी लाल खंग खत्वे, सोही ठाउँका नन्दु खंग, कारी खङ्ग, अच्छेलाल खङ्ग शत्रुधन मण्डल रहेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।

पक्राउ परेका सबैलाई आज अदालतमा पेस गरी राजविराज कारागारमा पठाइने नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप