रोकियो टोटनहम, म्यान्चेस्टरमा जिते लेस्टर च्याम्पियन
लण्डन – उपाधि होडमा रहेको टोटनहम हटस्पर्स वेस्ट ब्रोम आल्बियोनसँग आफ्नै घरेलु मैदानमा १–१ को बराबरीमा रोकिएपछि लेस्टर सिटी प्रिमियर लिग उपाधिबाट मात्र १ जीत टाढा बनेको छ । आइतबार म्यान्चेस्टर युनाइटेडबिरुद्ध ओल्ड ट्राफोडमा जित निकाले लेस्टर लिग च्याम्पियन बन्नेछ । यद्यपि, २० पटकको लिग विजेतालाई उसैको घरेलु मैदानमा हराउन भने लेस्टरलाई त्यति सहज भने छैन । सन् १९६१ पछि पहिलो पटक लिग उपाधि जित्ने होडमा रहेको टोटनहम हिजोको खेलअघि शीर्ष स्थानबाट ८ अंकले पछि परेको थियो । ३ खेल बाँकी छँदा उक्त दुरी ५ अंकमा घटाउने प्रयासमा रहेको थियो । तर, पछिल्ला १४ खेलमा एकमा मात्र पराजित बनेको टोटनहम सोमबार आफ्नै घरेलु मैदानमा रोकियो । स्पर्स लेस्टरभन्दा ७ अंकले पछि परेको छ । क्रेग डसनले आत्मघाती गोल गरेपछि अग्रता लिएको स्पर्सलाई डसनले नै बराबरी गोल गर्दै स्तब्ध बनाएका थिए । यस सिजन प्रिमियर लिगको एकै खेलमा आत्मघाती गोल र गोल गर्ने उनी चौंथो खेलाडी पनि बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण