मृग मार्न पासो थापेको भरुवा बन्दुक पड्किँदा घाइते
मङ्गलबार, १४ वैशाख २०७३, १२ : ३१
धनकुटा - ताङ्खुवा–८ स्थित ज्यामिरेमा मृग मार्न पासो थापेको भरुवा बन्दुक पड्किँदा एक महिला घाइते भएकी छन् ।
बारीको काम सकेर घर फर्कने क्रममा जङ्गलमा ऐंसेलु खान गएका बेला पासोमा राखिएको भरुवा बन्दुक पड्किएर लाग्दा स्थानीयवासी २८ वर्षीया बालिका भनिने बुधमाया भट्टराई घाइते भएकी हुन् । खुट्टामा छर्रा लागेर घाइते भएकीे भट्टराईको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पासो थापेको आरोपमा ताङ्खुवा–८ का शेरबहादुर लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएको र घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विमल बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण