मनमोहक रातोपाटि गाँउ (फोटोफिचर)
इटहरी– २० बर्ष अघि तेरथुमबाट किनमेल गर्न सुनसरीको धरान झर्नेहरुको लागि बिसौनिको रुपमा स्थापना भएको थियो रातोपाटि ।सबारी साधनको असुबिधाका कारण पैदल हिड्न पर्ने लामो यात्रालाई बिसौनिको रुपमा यहाँका एक समाजसेवीले निर्माण गरेका थिए रातोपाटि ।
पहाडी बाटोका कारण ३ दिन लगाएर तेरथुमबाट धरान झर्नेहरुको लागी यो पाटि निकै सुबिधा थियो । छेउमा पधेरोको सुबिधाले पनि मानिसहरुको लागी निकै जमघट हुने स्थान बनेको थियो । इतिहास जान्नेहरु भन्छन्, रातोपाटिमा रातो माटोले लिपेर घर जस्तो पाटी बनाइएको थियो । जहाँ एक रात मानिसहरु बास बस्ने गर्थे । घना जंगलको बिच अनि छेउमा नदी समेत रहेको ठाँउलाई नै अहिले रातोपाटि गाँउको नाममा परिणत भएको हो । पछि पाटिको बिकास तथा संरक्षण नभएपछि उक्त रातोपाटि भत्किएको थियो । पछि त्यस स्थानमा मानिसहरुको बसोबास हुन थालेपछि पाटिलाई केही हदसम्म स्थानिहरुले संरक्षण गरेका थिए । र अहिले रातोपाटिलाई स्थानिय केहीले डुङगाको आडमा घर जस्तो बनाई मलामि आउनेहरुलाई खाँजा खुवाउने स्थानमा परिणत गरेका छन । छेउमै रहेको लुम्बु नाम गरेको खोलामा अहिले मानिस जलाउने गरिन्छ । मलामी आएकाहरुलाई चियाँ खाँजा खुवाउन अहिले रोतोपाटिले मद्यत गरिरहेको छ । रातोपाटि गाँउ हाल तेरथुम जिल्लाको लालिगुरास नगरपालिकामा पर्छ । २३ घर धुरी रहेको रातोपाटिमा बिशेष गरि गुरुङ समुदायको बसोबास छ । राजमार्गले जोडिएको रातोपाटि गाँउ हेर्दा रमणीय स्थल छ जहाँ गुुरास फुल्ने गर्दछ । तेरथुमको सदरमुकाम म्याङलुङ देखी करिब गाडीमा डेढ घण्टाको यात्रामा रातोपाटि पुगिन्छ । बसन्तपुबाट पनि एक घण्टाको दुरीमा यो गाँउ पर्छ । सडकले गाँउ छोएपनि अन्य धेरै कुराको असुबिधा भने रातोपाटिमा छ । ‘बिद्यालय र स्वास्थ्य चौकी जान दुई घण्टाको बाटोमा पर्छ । अरु सबै ठिक छ तर पढ्न र बिरामीहुँदा उपचारको लागी लामो बाटो जानु पर्छ’ स्थानिय मिलन गुरुङ भन्छन् । ‘रातोपाटि तेरथुम यात्रा गर्नेहरुको लागि लागी राम्रो गन्तव्य हो’, उनले भने । नगरपालिका भित्र पर्ने भएपनि रातोपाटि गाँउको बिकास भने सुस्त छ । तर यहाँका मान्छेहरु निकै मिलनसार छन् । अलैचीको उत्पादन निकै राम्रो छ रातोपाटिमा । यहाँको जिवनस्तर अलैचीको व्यवसायले झन् राम्रो बनाईदिएको छ । स्थानिय बृद्ध हेमा कुमारी घले भन्छिन्,‘ रातोपाटि स्वर्ग जस्तै छ न यहाँ गर्मी न जाडो औसतको वातावरण हुन्छ । ’ अब रातोपाटि गाँउलाई पर्यटकिय स्थलको रुपमा बिकास गर्ने गाँउलेहरुको सोच रहेको घलेले बताईन् । केही घण्टाको दुरीमा रहेको तिनजुरे लालिगुरासको राजधानि मानिएको तिनजुरे मिल्केमा गुरासको अबलोकन गर्न आउनेहरुको लागी अब रातोपटि पनि सहि गन्तव्य बन्ने गाँउलेहरुको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण