शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कुटपिटबाट भारतीयको मृत्यु, भारतीयद्वारा नेपाली प्रहरी चौकी घेराउ

मङ्गलबार, १४ वैशाख २०७३, १३ : २४
मङ्गलबार, १४ वैशाख २०७३
कैलाली–टीकापुरमा भारतीय नागरिक महम्बत नसिर कुरेसीको कुटपिटबाट मृत्यु भएको छ । बरफ बिक्रि गर्ने भारतीय नागरिकको टीकापुर–९ का ललित पुरी र नविन थापा संग बिबाद भएपछि कुटपिट गर्दा मृत्यु भएको हो । आईतबार साँझ टीकापुर नगपालिका – ९ समितिपुरमा ती युवा र भारतीय नागरिकको बिबाद भएको र पछि कुटपीट हुँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । कुरैसीका आफन्त एक श्रीमति र २ सन्तान छन् । अभियुक्त पुरी र थापा फरार रहेको र उनिहरुको खोजी कार्य भई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुरीको दाई पवन पुरीलाई र सुवाष बमलाई इलाका प्रहरी कार्यालयको थुनामा राखिएको छ । फरार भएका ब्यक्ति सम्पर्कमा आउन सक्ने भएपछि पुरीलाई प्रहरी नियन्त्रणमा राखिएको बताइएको छ । दोषीलाई काबारहीको माग गर्दै अहिले इलाका प्रहरी कार्यालय टीकापुरमा सयौं भारतीय नागरिकले घेराउ गरेका छन् । घटना बुझ्न नेपाल भारत सीमा नजिकैको तिकुनियाबाट भारतीय अनुसन्धान ब्युरोका (सीबिआई) शतिशकुमार समेत टीकापुर आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप