बाबुरामको ज्वाईँ भन्छन्, ‘मेरो बद्नाम गर्न खोजियो’
मङ्गलबार, १४ वैशाख २०७३, १३ : ४७
काठमाडौं–नयाँ शक्ति नेपालका केन्द्रिय परिषद् सदस्य तथा बाबुराम भट्टराईका ज्वाई जेकेन्द्र श्रेष्ठले आफूबारे गलत समाचार सम्प्रेषण गरेर केहि सञ्चारमाध्यमले चरित्र हत्या गर्न खोजेको बताएका छन् ।
उनले आज एक विज्ञप्ती जारी गर्दै डा.बाबुराम भट्टराई र उनको परिवारसँग जोडेर निरन्तररुपमा अभियानात्मक ढंगले भ्रमपूर्ण प्रचार गरिनुले आफूलाई दुःखीत तुल्याएको समेत बताएका छन् ।
नयाँ शक्ति विद्यार्थी यूनियन, केन्द्रीय सम्मेलन आयोजक समितिको बैठकको विषयलाई लिएर उनीबारे समाचार आएपछि उनले यस्तो बताएका हुन् । उनले विज्ञप्तीमा भनेका छन्, ‘पछिल्लोपटक नयाँशक्ति निकट विद्यार्थीको बैठकमा ‘जेकेन्द्रले हातपात गरेको’ भन्ने आशयको समाचार आफैंमा कपोलकल्पित, भ्रामक र बदनियतपूर्ण छ ।’
उनले समाचार बनाउँदा आफूसँग कुनै प्रतिक्रिया समेत नलिइएको भन्दै यसले प्रेस जगतलाई नै बदनाम गराउने खतरा समेत विज्ञप्तीमा औंल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण