सशस्त्र प्रहरी प्रमुखमा दुर्जकुमार राई नियुक्त, को हुन् राई ?
काठमाडौं– सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा दुर्जकुमार राईलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले राईलाई बलको प्रमुखमा नियुक्त गरेको हो। सशस्त्रका तत्कालीन प्रमुख कोषराज वन्तविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा चलाएपछि सरकारले गत पुस तीन गते राईलाई कायममुकायम महानिरीक्षकको जिम्मेवारी दिएको थियो । राईमाथि २०६२ –०६३ सालको जनआन्दोलन दबाउन भूमिका खेलेको आरोप छ ।
को हुन् राई ? जनआन्दोलन उग्र बन्दै गएको बेला २०६३ बैशाख ७ गते कलंकीमा मनपरी गोली चलाएको उनीमाथि आरोप छ । यसैकारण उनलाई आईजीपी बनाउन नहुन् एक पक्षले आवाज उठाउँदै आएको थिए । यसअघि पनि उनको बढुवा हुँदा विरोध भएको थियो । राईको जन्म २०१८ साल मंसिर १ गते भोजपुरको अन्नपूर्ण गाविस ८ मा भएको हो । प्रहरी निरिक्षकको रुपमा २०४३ सालमा प्रहरी सेवामा प्रवेश गरेका राईले त्रिभुवन विश्वविद्यालयको मानविकी संकायबाट स्नाकोत्तर तहसम्मको अध्ययन गरेका छन् । राई २०५८ सालमा नेपाल प्रहरीबाट सशस्त्र प्रहरीमा स्तान्तरण भएका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभिन्न तालिम केन्द्रहरुमा प्रमुखको रुपमा समेत कार्य सम्पादन गरेका राईले प्रहरीमा गोर्खा दक्षिणबाहु, संयुक्त राष्ट्रसंघ पदक, विदेशी सेवा पदक, राष्ट्रिय दैवी प्रकोप उद्धार पदक, दुर्गम सेवा पदक लगायत विभिन्न पदक पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण