शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बिद्यालयको मनोमानी बिरुद्ध क्रान्तिकारी

मङ्गलबार, १४ वैशाख २०७३, १५ : २२
मङ्गलबार, १४ वैशाख २०७३

इटहरी –दर्ता विना संञ्चालन भएका बिद्यालय तथा अनुमती बिना बढि कक्षामा विद्यार्थी भर्ना लिने सुनसरीका नीजि विद्यालयको विरुद्धमा अखिल क्रान्तिकारीले अभियान चलाउने भएको छ । दर्ता विना चलाउने , स्विकृती भन्दा माथी कक्षा सञ्चालन गर्ने , बढि शुल्क लिने र विद्यालय हाता भित्रैबाट शैक्षिक सामाग्री विक्री गर्ने विद्यालयलाई अभिान अन्तर्गत तालाबन्दि सम्मको अभियान चलाउने भएको हो । क्रान्तिकारी बिद्यार्थीहरुले सुनसरीका अन्य विद्यालयमा पनि यस्तै हेलचेक्राई गरेको भन्दै शिक्षा क्षेत्रको गुणस्तरमा जिल्ला शिक्षा कार्यलय सुनसरी, प्याब्सन तथा एनप्याब्सन गम्भीर नभएको आरोप लगाएको छ । अखिल क्रान्तिकारीको जिल्ला कार्य समितीले इटहरीमा पत्रकार सम्मेलन गर्दै सम्बन्धित निकायलाई यस बिषयमा गम्भीर हुन आग्रह समेत गरेको हो । क्रान्तिकारीका केन्द्रिय सचिव मदन चुँडालले नियमनकारी निकायले आँखा चिम्लिएका कारण निजी विद्यालयले मनोमानि गर्न पाएको बताएका छन् । उनले शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकाको खिल्ली उडाउँदै जथाभावि रुपमा शुल्क तोकिएको भन्दै सरकारी निर्देशिकाको अवमुल्यन गर्ने विद्यालयलयको विरुद्धमा आवाज उठाउने बताएका छन् । सोहि अनुरुप सुनसरीको इटहरी ५ मा रहेको बेविलोन एकेडेमिले ८ कक्षा सम्मको अनुमती लिएर ९ कक्षामा विद्यार्थी भर्ना लिएको भन्दै क्रान्तिकारीले प्रशासन कक्षमा तालाबन्दि गरेको थियो । क्रान्तिकारीले विद्यार्थी र अभिभावकलाई झुक्याएर, अनुमती लिए भन्दा बढि कक्षामा विद्यार्थी भर्ना लिएको भन्दै जिल्ला प्रशासन कार्यलय सुनसरीमा उजुरी दिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप