क्यान निलम्बनबारे पूर्व कप्तान विनोद दासको टिप्पणी : आफ्नो इगोलाई माथि राख्दा यो स्थिति आयो
लामो समयदेखी हामीले निकै परिश्रमका साथ क्रिकेट खेललाई अगाडि बढाउने कोसिस गर्यौं । सन् १९९६ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटको यात्रा थालनी गरेदेखि नै एकपछि अर्को आश्चर्यजनक नतिजा निकाल्दै ठूला विपक्षीहरुलाई हराउँदै आएको छ । सन् २००० मा न्युजिल्याण्डमा यू–१९ विश्वकपमा टेस्ट मान्यताप्राप्त राष्ट्रहरुलाई हराएपछि नेपालमा क्रिकेटको क्रेज ह्वात्तै बढ्यो । पछिल्ला चार पाँच वर्षमा क्रिकेटको उपलब्धि अझै अविश्वसनीय छ । तर नेपाली क्रिकेटले यति धेरै अन्तर्राष्ट्रिय सहभागिता हासिल गरिरहँदा अहिले आएर एक्कासी नेपाल क्रिकेट संघमाथि लागेको प्रतिबन्धले सम्पूर्ण क्रिकेट समर्थक, खेलाडी, प्रशिक्षक र यसका स्टेकहोल्डरहरुलाई स्तब्ध बनाएको छ । आजको दिनमा हामीले क्रिकेटका लागि के गर्यौै भन्ने भन्दा पनि के गरेनौँ भनेर सोच्नुपर्ने अवस्था आएको छ । मैलेँ फेसबुकमा पनि लेखिसकेको छु, क्रिकेटका प्रशासकहरुले क्रिकेटको विकासभन्दा आफ्नो इगोलाईमाथि राख्दा यो स्थिती आयो । अब के गर्ने भनेर सोच्न सकिने अवस्था पनि छैन । कहाँ जाने भन्ने बाटो पनि यकिन भइसकेको छैन । नेपाली क्रिकेटको अगाडीको बाटो के हुन्छ भनेर आईसीसीले पनि स्पष्ट पारेको छैन । केवल क्रिकेट संघलाई मात्रै निलम्बन गरेको छ । जिम्मेवार को ? यस दुखद घटनाका पछाडि सबैको केही न केही जिम्मेवारी छ । नेपाल क्रिकेट संघको पुरानो कार्यसमिति, अहिलेको कार्यसमिति, राष्टिय खेलकुद परिषद् र हामी खेलाडीको समेत केही भूमिका छ जस्तो लाग्छ । हामी खेलाडीहरुले क्रिकेट यो अवस्थामा आइपुग्नुअघि जून भूमिका निर्वाह गर्न सक्नुपथ्र्यो, त्यो भूमिका निभाउन सकेनौ कि जस्तो लाग्छ । म एउटा खेलाडी भएको नाताले आफूलाई पनि जिम्मेवार ठान्छु । सायद, हाम्रो पनि केही न केही मिस्टेक होला । निलम्बनपछि असर अहिलेको राष्ट्रिय टोलीलाई निलम्बनले खासै असर नगर्ला किनकी राष्ट्रिय टोलीलाई खेल्न दिने भनिएको छ । तर भोलीको क्रिकेट विकासका लागि यसको असर ठूलो पर्न जान्छ । घरेलु क्रिकेट अब कसले आयोजना गर्ने , नेपाली क्रिकेटको विकासका लागि कसले काम गर्ने ? घरेलु क्रिकेट आयोजना नभएपछि युवा खेलाडी कसरी जन्मन्छन् ? प्रश्नहरु यावत् छन् ।
रिक्तता क्रिकेट एशोसियसन नै नभएपछि अगाडीको बाटो नै छैन् । बाटो नै नभएपछि विकास कसरी हुने ? आईसीसीले सरकारले गरेको निर्णयलाई हस्तक्षेप भन्दै क्यान विघटन गरेको छ । अब, सरकारले पनि आफ्नो केही चल्दैन भने त्यो खेलमा किन लगानी गर्ने भनेर सोच्ला नि ? अब रंगशाला बनाइदिने र क्रिकेट विकासका लागि पैसा खर्चने भएपछि सरकारले पनि त्यो संस्था उत्तरदायि होस् भन्ने खोज्छ जस्तो लाग्छ । म आफैँ यस विषयमा कन्फूज्ड छु । हस्तक्षेपको कुरा कहाँ हो ? राजनीतिक नियुक्ती हुन भएन, निर्वाचन गराउनुपर्छ भन्ने कुरा ठीक हो । तर निर्वाचन पनि निष्पक्ष हुनुपर्यो । के हुनुपथ्र्यो ? क्रिकेट अब सबैको खेल भइसकेको छ । त्यसैले क्रिकेटमा मार्केटिङ म्यानेजर राखेर यसलाई कर्पोरेट तरिकाले चलाउनुपर्ने थियो । त्यसका लागि ठीक मान्छे ल्याउनुपर्ने आवश्यक छ । कम्तिमा पनि क्रिकेट बोर्ड वा एशोसियन गर्नेसँग निति नियम बनाउने ज्ञान त हुनुपर्यो नि । आफैँ सक्रिय नभए पनि नीतिगत तहमा त सहभागिता हुनुपर्यो । त्यस्ता मान्छे क्यानमा छैनन् भने किन छैनन् ? निर्वाचनबाट किन आएनन् ? योग्य मान्छेहरु किन चुनावमा लड्न गएनन् ? यी विषयहरु सोच्नुपर्ने हुन्छ । अब क्यानमाथि प्रतिबन्ध लागेपछि यसको असर समग्र खेलक्षेत्रमै पर्न जान्छ जस्तो मलाई लाग्छ किनकी क्रिकेट नेपालमा उज्वल भविष्य बोकेको खेल हो । फ्यानहरुले क्रिकेट त मन त पराउँछ नि । सेलिब्रेटीको लाईफ छ क्रिकेटरहरुको । तर, अब सबै यसबाट प्रभावित हुन्छन् ।अब मिलेर पनि के गर्ने ? आईसीसीले आफैँ चुनाव गरेर आएकाहरुलाई पनि योग्य छैनौ भनिसक्यो र राखेपले खोजेका मान्छेहरुलाई पनि योग्य छैनो भनिसक्यो । अब दुई अयोग्य मिलेर के काम ?विकासमा अवरोध ? म अब नेपाली क्रिकेटको विकास केही समय प्रभावित हुने देख्छु किनकी आईसीसीका लागि नेपाल क्रिकेट संघ थुप्रै संस्थाहरुमध्ये एक संस्था हो । तर हाम्रो लागि नेपाल क्रिकेट संघका लागि नभइ नहुने संस्था हो । अब यू १९, महिला क्रिकेट लगायतका लागि खेलाडी छनोट कस्ले गर्ने ? के आईसीसीले गर्ने ? आईसीसीलाई त पक्कै थाहा हुदैँन होला नेपालमा कसले राम्रो क्रिकेट खेल्छ र कसले खेल्दैन भन्ने ? अहिलेकै राष्टिय टोलीमा पनि उपलब्ध २० देखी २२ जना खेलाडीबाट टोली छान्नुपर्ने हुन्छ । जब खेलाडीहरु नै सिमित छन् भने कसरी टिम राम्रो बन्न सक्छ ? टोलीमा नयाँ खेलाडी ल्याउनका लागि कुन प्रक्रियाबाट ल्याउने ? बोर्ड नै नभएको अवस्थामा खेलाडी कुन प्रक्रियाले छान्ने ? समस्याहरु यावत् छन् । अहिले आएर क्रिकेट संघका दुबै पक्षले मिलेर अगाडी बढ्नुपर्ने आवश्यकता छ भन्दै हुनुहुन्छ । तर मिलेर अगाडी बढ्नुपर्ने आवश्यकता त हिजो थियो । अब त ढिला भइसक्यो । अब मिलेर पनि के गर्ने ? आईसीसीले आफैँ चुनाव गरेर आएकाहरुलाई पनि योग्य छैनौ भनिसक्यो र राखेपले खोजेका मान्छेहरुलाई पनि योग्य छैनो भनिसक्यो । अब दुई अयोग्य मिलेर के काम ? फेरि अर्को मान्छे खोज्ने कसले ? नेपाली क्रिकेटमा यस्तो दिन आउँछ भने कल्पना पनि गरिएको थिएन । तर जे नहुनु थियो भयो । अबको आशा भनेकै खरानीबाट पनि केही आउला भन्ने हो । तर कम्तिमा पनि अब १—२ वर्ष अझै केही हुन गाह्रो छ । अब नेशनल टिमको ग्रोथ समेत रोकिने भयो । २ वर्षसम्म नेपालले वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेल्ला । व्यक्तिगत रुपमा काम होला । तर संस्थागत काम हुदैँन ।
क्रिकेट समुदायका सवालमा आईसीसीले क्रिकेट कम्यूनिटीसँग सहकार्य गरेर काम गर्ने भनेको छ । तर क्रिकेट समुदाय को हो त ? राखेप, खेलकुद मन्त्रालय, नेपाल क्रिकेट संघ को हो ? आखिर कसैलाई पनि आईसीसीले पत्याएको देखिदैँन । अब बाँकी रहेका खेलाडी, प्रशिक्षक वा अन्यसँग परामर्श गरेर पनि विवाद अझै बढ्छ जस्तो लाग्छ किनकी संस्थागत रुपमा चल्नुपर्ने खेलमा व्यक्तिवाद हाबी भयो भने झनै समस्या हुन्छ । म आफैँलाई कसैले आवश्यकताभन्दा बढी अधिकार दियो भने त्यसलाई मैले राम्ररी प्रयोग गर्न सक्दिँन । अरुलाई दिदाँ पनि त त्यस्तै हो नि ? एउटै आशा भनेको नेपाललाई पनि अमेरिकाको क्रिकेट बोर्डलाई जसरी नै आईसीसीले व्यवहार गर्छ भन्ने हो किनकी नेपालकै जसरी अमेरिकाको क्रिकेट बोर्ड पनि विवादपछि निलम्बनमा छ । तर अमेरिकामाभन्दा नेपालमा समस्या धेरै छन् । त्यसैले कम्तिमा पनि यहाँका स्टेड होल्डरहरुले चाडोँभन्दा चाडोँ मिलेर समस्या समाधान गर्नुपर्छ । तर मेरो बुझाईमा समस्या समाधान हुन कम्तिमा पनि एक वर्ष लाग्छ । चमत्कार भयो भने आईसीसीले यो बोर्डले चलाउँछ भनेर कसैलाई आधिकारीकता दियो भने बेग्लै कुरा, तर त्यो संभावना कम देख्छु । फेरि नेपालको क्रिकेट बोर्डको विवाद अदालतमा पनि विचाराधिन छ । अदालतको निर्णय दुईमध्ये एक बोर्डको पक्षमा आउँला, तर त्यसअघि नै दुबै क्रिकेट बोर्ड आईसीसीबाट निलम्बित भइसकेका छन् । (अन्वेषण अधिकारीसँग गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण