शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सिंहदरबार केन्द्रित आन्दोलन गर्ने चुरेभावरको चेतावनी

मङ्गलबार, १४ वैशाख २०७३, १५ : ३७
मङ्गलबार, १४ वैशाख २०७३

इटहरी – चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले जातिय आधारमा कुनै पनि राज्य स्थापना गर्न नहुने बताएको छ । सरकारसँग भएको १४ बुँदे सहमतिको आधारमा जातिय राज्य कुनै पनि हालतमा नुहने बताएको हो । रिपोर्टर्स क्लब सनुसरीले इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा कुरा गर्दै पार्टीका केन्द्रिय अध्यक्ष बद्रि प्रसाद न्यौपानेले १४ बुँदे मागपत्र सार्वजनिक गर्दै राज्यहरु जातिय रुपमा नामाङकरण भए अशान्ति मच्चिने बताएका हुन् । चुरेभावर र सरकार विच भएका सहमती अनुसरका मागहरु पुरा गर्नुपर्ने नभए चरणवद्ध आन्दोलन गर्ने न्यौपानेले चेतावनी दिए । पहिलो चरणमा सिंहदरबार केन्द्रित आन्दोलन गर्ने र त्यसमा दमन गरे सडक आन्दोलनमा उत्रिने बताए । उनले ६४ सालमा वितरण गरिएका नागरीकतामा पुंनर्विचार गरिनुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरेका छन् । साथै अंगिकृत नागरीकता भएका नागरिकले गाविस अध्यक्ष देखि केन्द्रस्तर सम्मका कुनै पनि जिम्मेवार निकायमा रहन नपाउने व्यवस्था गर्न माग गरेका छन् । उनले अब जारी गर्ने नयाँ नागरिकतामा तीन पुस्ते उल्लेख गरिनुपर्ने समेत बताएका छन् । पत्रकार सम्मेलनमा चुरे क्षेत्रमा भईरहेको चुरे दोहन तत्काल रोक्न पनि माग गरेको छ । चुरेभावर पार्टिले कार्यकर्तालाई आन्दोलनका लागि तैयारी बनाउन देश व्यापी अभियान सञ्चालन गरिहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप