औद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन
काठमाडौँ - व्यवस्थापिका संसद, उद्योग वाणिज्य उपभोक्ता हित सम्बन्ध समितिले हाल सञ्चालित आद्योगिक क्षेत्रलाई पूर्ण क्षमतामा सञ्चालन गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज सिंहदरबारमा बसेको बैठकले उद्योगलाई अझ व्यवस्थित बनाउन सो मन्त्रालयसँग सम्बन्धित अर्थ, वन तथा भूसंरक्षण, ऊर्जा, भूमिसुधार तथा व्यवस्था, श्रम तथा रोजगार लगायत मन्त्रालयसँग छलफल गर्ने भएको छ ।
यस्तै उद्योगमैत्री वातावरण निर्माण गर्न ऐननियम परिमार्जन गर्न आवश्यक पहल गरिने भएको छ । समितिका सभापति भीष्मराज आङ्देम्बेले समितिका सदस्यका रायलाई समावेश गरी सो निर्देशन दिएका हुन् ।
उद्योग सचिव सूर्यप्रसाद सिलवालले सरकारी स्वामित्वमा रहेका तर बन्द रहेका उद्योगलाई पुनः सञ्चालनमा ल्याउन मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको जानकारी दिए ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिका अध्यक्ष एवम् महाप्रबन्धक नन्दकिशोर बस्नेतले प्रदेशअनुसार उद्योग सञ्चालन गर्न प्रत्येक एक प्रदेशमा एक हजार बिघा जग्गा खोजिएको र ७०० बिघामा उद्योग सञ्चालन हुने बताउँदै एक प्रदेशअनुुसार एक लाख जनताले प्रत्यक्ष रोजगारी पाउने विश्वास व्यक्त गरे ।
सांसद दिलमान पाख्रिनले मुलुकलाई विकासको बाटामा अगाडि लैजान उद्योग क्षेत्रमा राज्यले विशेष चासो दिनुपर्ने बताए । सांसद नागेन्द्र चौधरीले उद्योग क्षेत्रलाई व्यवस्थित बनाएर अगाडि लैजानका लागि ऐन, कानुनलाई व्यवस्थित गर्नुपर्ने बताए । सांसद राज्यलक्ष्मी श्रेष्ठले उद्योग नीतिमा महिला र युवालाई समेट्न आग्रह गरिन् ।
सांसद मीरा ध्वजु, छाया शर्मा, जनक बुढा, चन्द्र महर्जन लगायतले उद्योग क्षेत्रमा राजनीतिले असर पु¥याएको भन्दै यसको सञ्चालनमा राजनीति दलबाट साझा धारणा बनाएर अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए ।
सबैभन्दा पहिले काठमाडौँको बालाजुमा विसं २०१९ मा औद्योगिक क्षेत्र स्थापना भएको थियो, जुन अमेरिकी राष्ट्रको सहयोगमा सञ्चालित थियो । विसं २०४४ मा भारत सरकारको सहयोगमा पछिल्लो गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको स्थापना भएको थियो ।
नेपालमा सरकारीस्तरबाट हाल पाँच हजार ६८० रोपनी जमिनमा नौ औद्योगिक क्षेत्र सञ्चालनमा रहेकामा त्यसभित्र ६५५ उद्योग छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण