किराको प्रकोपले मुस्ताङको स्याउ सखाप
मङ्गलबार, १४ वैशाख २०७३, १७ : १९
मुस्ताङ - डिजीनम्स किराले स्याउमा भर्खर लागेको दाना, फूल र बोट सखाप पार्न थालेपछि किसान चिन्तित बनेका छन् ।
खडेरीका कारण फैलिएको किराले कागबेनी, टुकुचे र मार्फा क्षेत्रका स्याउका बोट सखाप पार्न थालेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जानकारी दिए । हिमपात तथा पानी आवश्यक मात्रामा नपरेपछि स्याउमा समस्या देखिएको हो ।
गत वर्ष चैत महिनासम्म निरन्तर हिउँ परे पनि यस वर्ष हिउँदमा न्यून मात्रामा हिउँ परेको थियो । स्याउ उत्पादनका लागि आवश्यक पर्ने तापक्रम र मौसम अनुकूल बन्न नसकेको अधिकृत बरालको भनाइ छ । तापक्रम बढेका कारण लेते र कोबाङ क्षेत्रमा स्याउ उत्पादन हुन सकेको छैन भने मार्फाको तल्लो क्षेत्रमा समेत न्यून उत्पादन भइरहेको छ ।
“किरा नियन्त्रणका लागि विषादीको प्रयोग गरेका छौँ, तैपनि सफल हुन सकेका छैनौँ”, वरिष्ठ अधिकृत बरालले भने । यस्तो प्रकोप नौ वर्षपछि देखा परेको हो । कार्यालयले जिल्लाका मार्फा, जोमसोम, टुकुचे, कागबेनी, मुक्तिनाथ क्षेत्रलाई स्याउ उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरेको छ । जिल्लाभर ९९७ हेक्टर क्षेत्रफलमा स्याउखेती विस्तार गरिएकामा ३३० हेक्टरमा स्याउ उत्पादन भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
-
सिन्धुपाल्चोकमा १३६ मिलिमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण