ऋतिक र कंगनाको गोप्य तस्विर सार्वजनिक
मुम्बई – कंगना रनावत र ऋतिक रोशनको बीचमा भएको ईमेल ह्याकिंग विवादमा नयाँ नयाँ खुलासा हुने क्रम जारी छ । कंगनासँगको व्यक्तिगत सम्बन्धलाई ऋतिकले निरन्तर अस्विकार गर्दै आएका छन् । तर अहिले सार्वजनिक भएको नयाँ फोटोमा ऋतिक र कंगना एकसाथ देखिएका छन् । यो फोटो हेर्नेहरुले ऋतिक र कंगनाबीच प्रेम सम्बन्ध रहेको अनुमान सहजै लगाउन सक्छन् ।
अहिले कंगनाका वकिलले ऋतिकलाई यस फोटो विषयमा जवाफ मागेका छन् । उनको प्रश्न छ , यो सम्बन्ध व्यवसाहिक थियो या व्यक्तिगत । के उनी कंगनालाई राखी बाँध्न आएका थिए । नयाँ फोटो बाहिर आएपछि ऋतिकका वकिल दिपेश मेहताको दाबीमा प्रश्न उठेको छल । ऋतिकका वकिलले यसअघि कंगनासँग दुई चलचित्रमा अभिनय गरेको बाहेक ऋतिकको अन्य सम्बन्ध नरहेको बताएका थिए । उनले ऋतिकको कंगनासँग व्यवसायिक सम्बन्ध मात्रै रहेको बताएका थिए । कहाँको हो यो फोटो अहिले सार्वजनिक भएको फोटो कंगनाकै साथीले लिक गरेकी हुन् । यो फोटो अर्जुन रामपाल वा बान्द्रास्थित ऋतिककै घरमा लिइएको बताइएको छ । यस फोटो खिच्दा दुबै क्रिस–३ को प्रि प्रोडक्शन पार्टीमा रहेको बताइएको छ । कंगनाका वकिल रिजवान सिद्धिकी भन्छन् – ‘तपाईले जून फोटोको कुरा गर्दै हुनुहुन्छ त्यसमा एक पार्टीमा ऋतिकले कंगनालाई अंगालो खालेका छन् । म यो फोटोलाई हेरेर हैरान छु कि ऋतिकले किन त्यसरी उनलाई अंगालो हाले । यदी उनी कंगनासँग नजिक छैनन् भने उनले यस्तो हर्कत किन गरे ? यसको जवाफ म ऋतिकसँग माग्छु । यो फोटो कहाँबाट आयो । के यो फोटो रक्षाबन्दनको दिनको हो । के ऋतिक राखी बाँध्न आएका थिए ।’ इमेलमा कंगनाले लिएकी थिइन् प्रियंका दीपिका सोनमको नाम २९ वर्षकी कंगनाले ऋतिकले पठाएका अरु इमेल पनि लिक गरेकी छिन् । यसमा प्रियंका चोपडा, दीपिका पादुकोण र सोनम कपूर लगायतका अभिनेत्रीहरुको पनि नाम छ । लीक भएको अर्को एक ईमेलमा कंगनाले ऋतिक या उनको मेल एकाउन्ट ह्याकरलाई अपशब्द प्रयोग गर्दै गाली गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण