शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सवारी दुर्घटनामा एकको मृत्यु, नौ घाइते

मङ्गलबार, १४ वैशाख २०७३, १८ : ४८
मङ्गलबार, १४ वैशाख २०७३

पर्वत–पर्वत जिल्लाको त्रिवेणी गाविसमा छोरीको बिहामा सहभागी हुन जान लागेका आफन्त चढेको बस दुर्घटना हुँदा दक्षिण पर्वतको हुवास–९ करादीमा आज दिउँसो एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी नौ जना घाइते भएका छन् जसमध्ये तिनको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा परी स्याङ्जाको कालिकाकोट–९ की ५५ वर्षीया कृष्णकुमारी खाम्जाको घटनास्थलमा नै ज्यान गएको छ । स्याङ्जाको कालिकाकोट गाविसदेखि दक्षिण पर्वतको त्रिवेणी गाविसतर्फ जाँदै गरेको ग १ ज २४८५ नम्बरको बस दुर्घटनामा परेको हो । साँघुरो सडकको घुम्तीमा मोड्ने क्रममा सडकभन्दा ४० मिटर तल मकैबारीमा बस खसेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उपचारका लागि स्याङ्जाको वालिङतर्फ लगिएको इलाका प्रहरी कार्यालय हुवासका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

घाइते भएका कुमार खाम्जा, चोकमाया खाम्जा र पूर्णकला खाम्जाको अवस्था गम्भीर रहेको छ । अन्यको अवस्था भने सामान्य रहेको र उनीहरुको हुवास स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । घाइते हुनेहरु सवै कालिकाकोट–९ का रहेका छन् । बसका चालक कुमबहादुर खाम्जा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप