एप्पलका आईफोन यस वर्ष कम बिक्री हुने
काठमाडौं – विज्ञहरुले यस वर्ष एप्पलका आईफोनको व्यापार राम्रो नहुने बताएका छन् । यस वर्ष सर्वाधिक खराब व्यापार हुने ५ आईफोनहरुको सूचीमा एप्पल पर्नसक्ने खतरा केजिआई सेक्युरिटीजका मिंग ची कुओले जनाएका हुन् । उनका अनुसार यस वर्ष विज्ञहरुले एप्पलको व्यापारमा कमी आउने छ । उनले यस वर्ष एप्पलले स्मार्टफोनमा खासै परिवर्तन नगरेको बताउँदै लेखेका छन् : ‘ठूलो स्क्रिन हाल्दैमा एप्पलले बजारको माग पुरा गर्नसक्छ जस्तो लाग्दैन । आफ्नो व्यापार कायम राख्न यो आईफोनले नयाँ नयाँ फिचरहरु लिएर आउनुपर्छ । फ्याक्टर डिजाई, सफ्टवेयर र हार्डवेयरमा ध्यान दिनुपर्छ ।’ उनले ग्राहकहरुलाई आर्कषण गर्नका लागि एप्पलले यस वर्ष खासै कुनै योजना समेत नबनाएको बताए । चलेका ब्रान्ड सामसुङ, एप्पल, हूवाई, ओप्पो र भिभोमध्ये एप्पलको मात्रै व्यापारमा कमी आउने उनको विश्लेषण छ । उनले यसअघि गत साता एप्पलले सन् २०१७ मा आफ्नो आईफोनको पुरै रिडिजाईन गर्ने बताएका थिए । आईफोन ८ मा पुरै फिचरहरु फरक हुने उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण