आधुनिकीकरण नगरेसम्म कृषि विकास असम्भव : कृषिमन्त्री गजुरेल
काठमाडौँ– कृषिमन्त्री हरिबोल गजुरेलले कृषिलाई आधुनिकीकरण नगर्दासम्म कृषिको विकास सम्भव नभएको बताएका छन् ।
आज यहाँ आयोजित ‘दक्षिण एसियामा कृषिको यान्त्रिकीकरणः नेपालको कृषि विकासको विचारधारा, अभ्यास र अनुमान’ विषयक कार्यशालामा उनले कृषिमा विश्वमा अभ्यास गरिएका आधुनिक सोचलाई नेपालमा पनि लागू गरिनुपर्ने विचार राखे ।
उनले भने—‘‘नेपालमा कृषि महत्वपूर्ण आम्दानीको स्रोत भएकाले यसलाई कसरी व्यवसायीकरण गरी आम्दानीको स्रोत बनाउन सकिन्छ भन्ने विषयमा सबै सम्बद्धपक्षसँग छलफल गर्नु आवश्यक छ ।’’
उनले आगामी आर्थिक वर्षको बजेटमा नेपालको कृषिको विशिष्टीकरण गर्न अर्थ मन्त्रालय र योजना आयोगसँग पनि छलफल भइरहेको बताए । बीसवर्षे कृषि रणनीतिलाई ठोस कार्यान्वयन गर्न मन्त्रालयले विशेष कार्यक्रम ल्याउन गृहकार्य भइरहेको उनले जानकारी दिए । कृषिलाई नयाँ स्वरुपमा विकास गर्न त्यसमा यान्त्रिकीकरण गर्न आवश्यक भएको उनको भनाइ थियो ।
कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले नेपालको कृषि युवा विदेसिने र आन्तरिक बसाइँ–सराइका कारण प्रभावित भइरहेकोले कृषिप्रति मानिसको रुचि घटिरहेको बताए । उनले नेपालका धेरै जनता कृषिमा आश्रित भएपनि यसको उचित व्यवस्थापन हुन नसकेको उल्लेख गरे ।
आइएफपिआरआई भारतका अनुसन्धानकर्ता डा अन्जनी कुमारले कृषिका अवसर र चुनौतीका बारेमा गहन छलफल गर्नु आवश्यक भएको बताए । नेपालले कृषिलाई आधुनिक यन्त्रयुक्त बनाउन सकेमा ठूलो आर्थिक फड्को मार्न सक्ने उल्लेख गरे ।
युएसएआइडीका नेपाल प्रतिनिधि पिटर मल्नाकले कृषि नेपालका लागि महत्वपूर्ण विषय भएकाले कार्यशालामा नेपालको कृषिलाई सुधार गर्नुपर्ने विषयमा गहन छलफल हुने बताए । कार्यशाला बुधबारसम्म चल्नेछ जसमा नेपालको कृषिको सुधारका लागि समस्या, चुनौती र गर्नुपर्ने कार्यका बारेमा छलफल हुने बताइएको छ । कार्यशालामा नेपाल, भारत, बङ्गलादेशका कृषिविज्ञको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण