शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

विवादमा पाकिस्तानी क्रिकेटर उमर अकमल, निलम्बनमा पर्न सक्ने

मङ्गलबार, १४ वैशाख २०७३, १८ : ५९
मङ्गलबार, १४ वैशाख २०७३

काठमाडौं – पाकिस्तानी क्रिकेट उमर अकमल फेरि विवादमा तानिएका छन् । उमर आफ्ना चार क्रिकेटर साथि मोहम्मद नवाज, बिलावल भट्टी, ओवैस जिया र शाहिद यूसुफका साथ आईतबार डान्स हेर्नका लागि एक हलमा पुगेका थिए । डान्स शोका दौरान उनको स्थानिय व्यक्तीहरुसँग झगडा भयो । यस विषयमा पाकिस्तानी क्रिकेट बोर्डले छानविन जारी राखेको छ । यदी क्रिकेटरहरुमाथि लागेको झगडाको आरोप सत्य प्रमाणित भएमा उनीहरु निलम्बनमा पर्न सक्छन् । तर अहिले अकमलले यी आरोपहरु निराधार रहेको बताएका छन् । केही स्थानिय न्यूज च्यानलले देखाएको भिडियो फूटेजमा उमर अकमल आफ्नो साथिहरुसँग हलमा देखिएका छन् । उनले हलमा केही व्यक्तीसँग बहस गर्दै गरेको फूटेज पनि टेलिभिजनहरुले देखाएका छन् । त्यसपछि स्थानियहरु उनीसँग आक्रोशित भएका छन् । उमर र उनका साथिहरुले महिला डान्सरलाई एउटै गीतमा दोहोर्याएर नाच्न प्रस्ताव राखेपछि झगडा सुरु भएको थियो । के भने उमर अकमलले ? उमरले यस आरोपलाई खण्डन गरेका छन् । उनले भनेका छन् : तपाई मेरो क्रिकेट क्षमता र प्रदर्शनका विषयमा लेख्नुस् तर यस्तो व्यक्तिगत तथा सामाजिक जीवनका विषयमा लेख्ने हक तपाईहरुलाई छैन । उनले पाकिस्तानी क्रिकेट बोर्डले यस घटनामा छानविन गरेको विषय पनि निराधार रहेको बताए । अकमलले भनेका छन् ः हामी सबै नेशनल वनडे कप (पाकिस्तानको घरेलु प्रतियोगिता) खेल्नका लागि फैसलावादमा थियौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप