विवादमा सलमान : योगेश्वरपछि मिल्खा पनि विरोधमा
मुम्बई – सलमान खानलाई रियो ओलम्पिकमा भारतीय दलको सद्भावना दूत बनाउने विषयमा विवाद सुरु भएको छ । पहलवान योगेश्वर दत्तपछि अब धावक मिल्खा सिंहले पनि यसको विरोध गरेका छन् । सिंहले आइतबार ट्वीट गर्दै लेखका छन् : के भारतीय ओलम्पिक एशोसियसनले एक खेलाडीलाई बलिउड समारोहको एम्बेसडर बनाउँछ ? सरकारले यस विषयमा हस्तक्षेप गर्न जरुरी छ । भारतीय ओलम्पिक एशोसियसनले यस विषयमा विचार गर्नुपर्छ । यसैबीच एशोसियशनका उपाध्यक्ष तरलोचन ंिसंहले सलमानको सहयोग लिन चाहेपनि उनलाई पैसा त्यसबापत पारिश्रमिक नदिइएको बताएका छन् । मिल्खा सिंहको नजरमा को छन् योग्य मिल्सा सिंहले गुडविल एम्बेसडरका लागि केही नाम समेत सुझाएका छन् । उनले ट्वीटरमा लखेका छन् । पीटी उषा, राज्यवद्र्धन सिंह राठौर, अजीत पाल राम्रो विकल्प हुनसक्छ । उनले ओलम्पिकका लागि कलाकारलाई गुडविल एम्बेसडर बनाउनु गलत निर्णय रहेको बताएका छन् । विवदा बढ्दै गरेपछि तरलोचन सिंहले भनेका थिए ः युवाहरुबीच एक फिल्म सेलिब्रेटीको क्रेज छ भने हामीले उनलाई प्रयोग गर्न के नोक्सानी हुन्छ र यसअघि शनिबार पहलमान योगेश्वर दत्तले ट्वीट गरेका थिए ः एम्बेसडरको काम के हो कसैले मलाई बताउन सक्छ । किन देशका जनतालाई पागल बनाउदै हुनुहुन्छ । योगेश्वरले सन् २०१२ को लण्डन ओलम्पिकमा रेस्लिंगतर्फ कास्य जितेका थिए । उनी अहिले जर्जियामा रियो ओलम्पिकको तयारीमा छन् । अभिनव बिन्द्रा सलमानको समर्थनमा यसैबीच सन् २००८ को बेइजिंग ओलम्पिकमा भारतलाई सूटिंगतर्फ स्वर्ण दिलाउने अभिनव बिन्द्रा सलमानको समर्थनमा देखिएका छन् । बिन्द्राले भनेका छन् ः भारतमा बलिउड र क्रिकेटलाई धेरै समर्थन मिल्छ । यदी सलमानले ओलम्पिकलाई प्रवद्र्धन गर्छन् भने यो एक रणनीतिक समझदारी हो । उनी भन्छन् ः यदी सलमानले सक्रिय भएर ओलम्पिक खेलको प्रवद्र्धनमा लागे भने यो निकै राम्रो विषय हो । तर यदी एक दिनको प्रचारका लागि उनी प्रयोग भएका हुन् भने यसको मतलब छैन् । के भने सलमानले भारतीय ओलम्पिक एशोसियशनले शनिबार सलमानको उपस्थितीमा उनलाई गुडविल एम्बेसडर बनाउने घोषणा गर्यो । भारतीय ओलम्पिक इतिहासमा बलिउड स्टार ओलम्पिकको लागि भारतीय दलका गुडविल एम्बेसडर बनेको यो पहिलो पटक हो । गुडविल एम्बेसडर बनेपछि सलमानले भारतमा खेलकुदलाई प्रवद्र्धन गर्नुपर्ने बताए । उनले सानिया मिर्जा, विजेन्दर सिंह र सुशील कुमार आफ्ना स्पोर्टस् हिरो रहेको बताए । त्यस्तै उनले भारतबाट ओलम्पिकका लागि छनोट हुने पहिलो जिम्नास्टिक खेलाडी दिपा करमाकरको भिडियो क्लिप हेरेको बताए । दिपाले आफ्नै बलबुतामा ओलम्पिकको यात्रा तय गरेकी थिइन् ः कार्यक्रममा सलमानले भने । घोषणासभामा कोको उपस्थित थिए सलमानलाई सद्भावना दूत बनाउने घोषणा हुदैँ गर्दा भारतीय हकी टिमका कप्तान सरदार सिंह, महिला हकी टिमकी कप्तान रितु रानी, बक्सर एम सी मेरी कोम , टेबल टेनिस खेलाडी मणिका बत्रा लगायत उपस्थित थिए । शुक्रबारमात्रै राज्यसभा सांसद् मनोनित भएकी बक्सर मेरी कोमले भनिन् ः मेरा लागि यो ठूलो विषय हो । म खेलकुद र खेलाडीका पक्षमा धेरै काम गर्न चाहन्छु । मेरो ओलम्पिक छनोट अझै बाँकी छ । म अझै छनोटका लागि केन्द्रित छु । यसबाहेक राज्यसभाका विषयमा पनि सोच्नेछु । उनले सलमान खेलकुदसँग जोडिनु सबैका लागि खुसीको विषय भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण