बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

विशेष खेलकुद यसै महिना

मङ्गलबार, १४ वैशाख २०७३, १९ : १५
मङ्गलबार, १४ वैशाख २०७३

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा विशेष विद्यालयस्तरीय राष्ट्रिय खेलकुद यसै महिनामा सञ्चालन हुने भएको छ ।

यही वैशाख ३० गतेदेखि हुने उक्त प्रतियोगितामा एथलेटिक्सतर्फ प्रतिस्पर्धा हुने खेलकुदमा बहिरा, नेपाल अन्धा कल्याण सङ्घ र शारीरिक अपाङ्गको सहभागिता रहने राखेपका खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रशासकीय अधिकृत मीनकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा ४४ स्वर्णपदकका लागि २७७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता सञ्चालन गर्न करिब रु १५ लाख खर्च हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप