बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

परीक्षामा फेल भएकोमा विष सेवन गर्दा एक वालिकाको मृत्यु

मङ्गलबार, १४ वैशाख २०७३, १९ : १९
मङ्गलबार, १४ वैशाख २०७३

बर्दिया– परीक्षामा फेल भएकोमा विष सेवन गर्दा एक बालिकाको मृत्यु भएको छ ।

कालीकोट जिल्ला मेहलमुडी–२ घर भई हाल बर्दिया वासगढी नपा–३ वनमुडुवास्थित दिदीभिनाजुको घरमा बसी श्री जनता उच्च मावि, वेलवा कक्षा ८ मा पढ्ने १५ वर्षीया सन्तोषी योगी आज बिहान अबेरसम्म नउठेको हुँदा उनकी दिदीले कोठा खोली हेर्दा मृत अवस्थामा फेला परेकी र उनी उक्त कक्षाको परीक्षामा फेल भएका कारण सेल्फस् नाम विषादी सेवन गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप