बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पाँच वर्षदेखिको लास साउदी अरबमै अलपत्र

मङ्गलबार, १४ वैशाख २०७३, १९ : ३६
मङ्गलबार, १४ वैशाख २०७३

रामेछाप–विदेश गएर धन कमाई परिवारमा सुख ल्याउने अभिलासा बोकेर साउदी अरब पुगेका रामेछापको हिलेदेवी गाविस वडा नं.–५ का बमहादुर तामाङको अभिलासा सपनामै सीमित भएको छ ।

उनको अभिलासा सपनामा मात्रै सीमित भएन, कामकै सिलसिलामा बिरामी परेर मृत्यु भएको तामाङको शव पाँच वर्षदेखि साउदीमै अलपत्र अवस्थामा रहेको छ । वि.स. २०६८ सालमा दोस्रो पटक साउदी पुगेका तामाङको त्यही वर्ष निमोनिया भई बिरामी परेर कतारको दमामस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

कतारमा मुत्यु भएको खबर पाएपछि घरमा तामाङको काजकिरिया भने गरिसकेको मृतक तामाङकी श्रीमती माइली तामाङले बताइन । मृतक तामाङसँगै कतारमा काम गर्ने दोलखाका एक साथीले तामाङको मृत्युबारे घरमा जानकारी गराउँदै लास नेपाल ल्याउन सम्भव नभएको बताएपछि यता घरमा काजकिरिया गरिएको तामाङले बताइन् ।

काजकिरिया गरेपनि श्रीमानको शव नेपाल ल्याउने आशा नमारेकी माइलीको आशा अहिलेसम्म आशामै सीमित रहेको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) रामेछापमा पनि उनले सहायताको लागि अनुरोध गरेको बताइन् ।

साउदी अरबका लागि नेपाली राजदूतावासबाट तामाङको शव साउदी अरबमा अहिलेसम्म रहेको जानकारी प्राप्त भएको सुरक्षित आप्रवासन परियोजना (सामी) रामेछापका कार्यक्रम संयोजक जीवन श्रेष्ठले जानकारी दिए ।

[caption id="attachment_46273" align="alignleft" width="840"]                                                                            श्रीमती माइली तामाङ[/caption]

तामाङको शव नेपाल ल्याइदिन आग्रह गर्दै धेरै ठाउँ पुगेपनि सहयोग नपाएको माइली तामाङले बताइन् । तामाङ कुन म्यानपावर कम्पनीमार्फत विदेश उडेका हुन् र विदेशमा कुन कम्पनीमा काम गर्दथे भन्ने समेत परिवारलाई जानकारी नहुँदा शव नेपाल ल्याउन समस्या भइरहेको श्रोतले बताएको छ ।

श्रीमान विदेश जाँदा लिएको १ लाख ५० हजार रुपैयाँ ऋणले त माइली तामाङलाई सताएकै छ । साउदीमै मृत्यु भएको श्रीमानको शव पाँच वर्षसम्म नेपाल ल्याउन नसक्दा उनी झन विक्षिप्त बनेकी छन् । साउदी अरबमा रहेको शवको फोटो अरबको सोही कम्पनीका काम गर्ने एक व्यक्तिमार्फत हेरेको र सो आफ्नो श्रीमानको भएको भन्दै माइलीले आफ्नो श्रीमानको शव नेपाल ल्याइदिन सकारलाई आग्रह गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप