शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सिमिचौरमा भीषण आगलागी, दुई घर जलेर नष्ट

मङ्गलबार, १४ वैशाख २०७३, १९ : ४४
मङ्गलबार, १४ वैशाख २०७३

गुल्मी–गुल्मीको सदरमुकाम नजिकै सिमिचौरको एक वनमा भीषण आगो लागि भएको छ । सिमीचौरको सौरेनी सामुदायिक वनमा चारैतिर आगो लाग्दा दुई वटा घर पुर्ण रुपमा क्षति भएका छन् भने दर्जनौं घरहरु जोखिममा परेका छन् ।

रेनपा–११ साविको सिमीचौर–४ का वजिरसिंह थापा र धर्म थापाको घर जलरे नष्ट भएको प्रत्यक्षर्शी उपल्लो तम्घासका समाजसेवी छवि पाण्डेले जानकारी दिए । घटनास्थल चारैतिरको आगोको मुस्लाले घेरिएर हेर्न सकिने अवस्था छैन पाण्डेले भने– ‘यो आगो तत्काल नियन्त्रण गर्न नसकिए पुरै सिमीचौर गाउँ असुरक्षित हुने देखिन्छ, अहिलेलाई १५ घर जति असुरक्षित भएका छन् ।’

उनकाअनुसार केहि बेरअघि ७ जना जति प्रहरी आएका थिए । अहिले भर्खर सेनाको टोली आईपुगेको छ । जिल्ला प्रहरी कार्यालयले भने, ‘क्षतिको आधिकारिक पुष्टी गर्न नसकेको बताएको छ । सिङ्गो गाउँ नै असुरक्षित हुने देखिएकोले सम्पूर्ण सिमिचौरवासी र आसपासका गाउँहरुबाट निययन्त्रणमा आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप