हवाई हमलामा इस्लामिक स्टेटको ८५ अर्ब नगद नष्ट : अमेरिका
बग्दाद – अमेरिकाको सैन्य अधिकारीहरुले हवाई हमलामा इस्लामिक स्टेट (आइएस) को ८ सय मिलियन डलर नगद नष्ट भएको दाबी गरेका छन् । हाल बग्दादमा रहेका मेजर जेनरल पिटर जेरस्टेनले आइएसले नगद सञ्चय गरेको स्थानमा अमेरिकाले गरेको लगातार हवाई आक्रमणमा सो सफलता हासिल गरेको बताए । ‘यसले संगठन छाड्नेहरुको संख्या ९० प्रतिशतले बृद्धि भएको र नयाँ भर्नाहरुले संख्या पनि कमी भएको छ,’ उनले भने । सन् २०१४ मा अमेरिकाले आइएसलाई अहिलेसम्मकै सबैभन्दा स्रोतसम्पन्न आतंकवादी संगठन रहेको बताएको थियो ।
अमेरिकाले आइएसबिरुद्ध गरेको कारवाहीमा अपरेसन र इन्टेलिजेन्सको डेप्युटी कमाण्डरसमेत रहेका जेरस्टेनले अमेरिकाले हालसम्म आइएसले नगद लुकाएका २० स्थानमा हवाई आक्रमण गरेको जानकारी दिए । उनले अमेरिकाले कसरी यति नगद नष्ट भएको पत्ता लगाएको भन्ने विषयमा स्पष्ट पारेनन् । एउटा उदाहरणमा उनले इराकको मोसुलमा रहेको एक घरमा आक्रमण गर्दा १ सय ५० मिलियन डरल नष्ट भएको बताए । ‘हामीले प्राप्त गरेको गोप्य सूचनामा ती स्थानमा आइएसले नगद लुकाउने गरेको थाहा पायौं । त्यसपछि हामीले कारवाही गर्यौं,’ उनले भने, ‘यदपि, यतिनै रकम नष्ट भयो भन्ने यकिन नभए पनि ५ सय देखि ८ सय मिलियन डलरको हाराहारीमा आइएसलाई क्षति पुगेको छ ।’ इस्लामिक स्टेटको कति सम्पत्ति छ भन्ने यकिन नभए पनि गत वर्ष उसले २ बिलियन डलरको बजेट पारित गर्दै २ सय ५० मिलियन नाफा हुने बताएको थियो ।
आइएस विश्वकै सबैभन्दा धनी विद्रोही संगठन हो । अपहरण, फिरौती र तेलको कोलोबजरी गरेर आइएसले दैनिक करोडौं डलर आम्दानी गर्ने गरेको आतंकवाद तथा आर्थिक गुप्तचर नामक अमेरिकी संस्थाले बताएको थियो ।
इराक र सिरियाको अधिकांश भाग आफ्नो कब्जा गरिसकेको आइसले तेल बेचेर मात्र हरेक दिन १ मिलियन डलरभन्दा बढी कमाएको थियो । आइएसले कब्जामा लिएका तेल प्रशोधन केन्द्रबाट दैनिक ५० हजार तेलका ब्यारलहरु उत्पादन हुने गरेका थियो। यसलाई उनीहरुले निकै सस्तो दाममा विभिन्न विचौलियाको मद्दतले कालोबजारी गरी बेच्ने गरेका छन् । आइसले एकै वर्षमा अपहरणको फिरौतीबाट मात्र २० करोड अमेरिकी डलर आम्दानी गरेको संस्थाले बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बसपार्कभित्र जथाभाबी रूपमा यात्रु तान्नेलाई कारबाही गरिने
-
अमेरिकामा भारतीय नागरिकमाथि ‘धर्म सोधेर’ १५ पटक चक्कु प्रहार
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण